• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बुटवल–गोरुसिङे ६ लेन सडक विस्तारको काम धमाधम

  •  संवाददाता
  • २०८२ पुष २०, आईतवार १४:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल । बुटवल–गोरुसिंगे ६ लेन सडक विस्तारको काम भइरहेको छ । विस्तार कार्यमा दैनिक करिब एक हजार कामदार खटिएका छन् । आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेका अनुसार मौसम प्रतिकूल भए पनि निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।

     

    सडक निर्माणलाई रुपन्देही र कपिलवस्तु गरी दुई खण्डमा विभाजन गरिएको छ । हालसम्म रुपन्देही खण्डमा १८ प्रतिशत र कपिलवस्तु खण्डमा २१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

     

    आयोजना प्रमुख न्यौपानेका अनुसार रुपन्देही खण्डमा माटो तथा नदीजन्य सामग्रीको अभावका कारण कपिलवस्तुको तुलनामा कामको गति केही सुस्त देखिएको छ ।

     

    आयोजनाका लागि करिब ३० लाख घनमिटर नदीजन्य सामग्री आवश्यक रहेकामा हालसम्म करिब पाँच लाख ८० हजार घनमिटर मात्रै प्राप्त भएको न्यौपानेले बताइन् ।

     

    आवश्यक निर्माण सामग्री समयमै उपलब्ध गराउन पहल भइरहेको र अवरोध हटेसँगै प्रगति दर थप बढ्ने विश्वास आयोजनाले व्यक्त गरेको छ ।

     

    केके भयो काम ?

     

    रुपन्देही खण्डमा ६७ वटा बक्स कल्भर्टमध्ये ३७ वटा अन्तिम चरणमा पुगेका छन् भने दुईवटा ‘एनिमल क्रसिङ’ सम्पन्न हुने क्रममा छन् । यसैगरी १२ वटा ठूला पुलमध्ये अधिकांशमा पाइलिङसहितको काम अन्तिम चरणमा पुगेको र ६ वटा बक्स ब्रिजमध्ये दुई स्थानमा निर्माण कार्य जारी रहेको न्यौपानेको भनाइ छ ।

     

    यस्तै, कपिलवस्तु खण्डतर्फ ६६ वटा बक्स कल्भर्टमध्ये २६ वटा निर्माण भइसकेका छन् भने १६ वटा एनिमल क्रसिङमध्ये १३ वटा अन्तिम चरणमा पुगेका छन् । त्यस्तै आठ वटा ठूला पुलमध्ये छ वटा अन्तिम चरणमा पुगेका र दुईवटा बक्स ब्रिजमध्ये एउटामा निर्माण कार्य भइरहेको उनले जानकारी दिइन् ।

     

    चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सडक स्तरोन्नति गत माघदेखि गरिरहेको छ । दोस्रो चरणमा बेल नदीदेखि चन्द्रौटासम्म १९ किलोमिटर दूरीको खण्डमा नयाँ ठेक्काको प्रक्रिया चलिरहेको छ ।

     

    पूर्व–पश्चिम राजमार्गलाई एसियालीस्तरको बनाउने गरी नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसअघि नै सडकलाई विकास सहायता कार्यान्वयन महाशाखाअन्तर्गत समावेश गरी सडक विभाग, बुटवल–गोरुसिङे–चन्द्रौटा सडक योजना कार्यालय बुटवलमा स्थापना गरेर काम गरिरहेको छ ।

     

    विश्व बैंकले ६९ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर अर्थात् नेपाली ३५ अर्ब रुपैयाँ उपलब्ध गराउने सम्झौता भएसँगै राजमार्गको स्तरोन्नति  सुरु भएको हो ।

    Post Views: 87

    प्रकाशित मिति: २०८२ पुष २०, आईतवार १४:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    दोस्रो जनज्योती कप 7-A साईड फूटबल प्रतियोगिता सुनवलमा सुरु
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.