२९ अशोज २०८३, बिहिबार

प्रथम बर्दघाट एक्सपोलाई अटोरिक्सा व्यवसायीको साथः भाडामा भारी छुट

माघ १०, नवलपरासी
उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा नगरका अटोरिक्सा व्यवसायीहरुसंग अन्र्तक्रिया गरिएको छ ।
उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षता, एक्सपोका सांस्कृतिक, गोष्ठी सेमीनार संयोजक मोहन सापकोटा तथा ब्यवसायीहरुको आहभागितामा संस्थाको सभाहलमा कार्यक्रम गरिएको छ ।
अन्र्तक्रीया कार्यक्रममा अटो रिक्सा व्यवसायीहरुले एक्सपो अवधिभरकालागि भाडामा भारी मात्रामा छुट दिने प्रतिवद्धता व्यक्त गरेका छन । व्यवसायीले न्यूनतन भाडा ३० रुपैया लिइदै आएकोमा मेला अवधिभर २५ रुपैया लिने र ५० रुपैया लिईदै आएको स्थान सम्मका लागि ४० रुपैया लिने तथा रु ७० भन्दा बढि भाडालाग्ने स्थाहरुमा रु २० रुपैया छुट दिने प्रतिवद्धता व्यक्त गरेका छन ।
त्यस्तै उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपानेले अटो रिक्सा व्यवसायीको साथ र सहयोगकालागि धन्यवाद प्रकट गर्दै अटो रिक्साहरुलाई पार्किङ्ग तथा टाफिक व्यवस्थापनकालागि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार