माघ १०, नवलपरासी
उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा नगरका नीजि तथा सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुसंग अन्र्तक्रिया गरिएको छ ।

उद्योग व्यापार संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा, एक्सपोका सांस्कृतिक तथा गोष्ठी सेमीनार संयोजक मोहन सापकोटा, बर्दघाट नगरपालिका नगरशिक्षा शाखा अधिकृत धनपति पौडेल तथा निजी, संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा संस्थाको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको छ ।
अन्र्तक्रियामा उपस्थित प्रधानाध्यापकहरुसंग बर्दघाट नगरमै प्रथम पटक सञ्चालनहुन लागेको शैक्षिक गतिविधि सहितको एक्सपोमा हुने शैक्षिक गतिविधिमा विद्यालयको तर्फबाट पूर्ण साथ रहने बताएका छन । प्रधानाध्यापकहरुले विद्यालयलाई लक्षित गरि पहिलो पटक गरिने क्रियाकलापहरु, डान्स आईडल, बतृत्वकला प्रतियोगिता, विज्ञान प्रर्दशनी लगायतका कृयाकलापमा पूर्ण साथ दिई कार्यक्रम सफलपार्न आफुहरुले सक्रिय सहभागिता जनाऊने प्रतिवद्धता व्यक्त गरेकाछन ।
बर्दघाट नगरपालिकाका शिक्षा शाखा अधिकृत धनपति पौडेलले शिक्षा संग सम्बन्धित कार्यक्रममा आफुहरुको तर्फबाट गर्नुपर्ने कार्यहरु गरि शैक्षिक गतिविधी उत्कृष्ट तवरले सम्पन्न गर्न सबैसंग शिक्षाशाखाको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले एक्सपोमा विज्ञान प्रर्दशनी प्रतियोगिता, स्थानिय उद्योग र व्यापारः दिगो विकासको अधार भन्ने शिर्षकमा वतृत्वकला प्रतियोगिता, विद्यालय स्तरिय डान्स आईडल गरिने बताऊनुभयो । साथै विद्यार्थीहरुकालागि टिकटमा पनि विशेष छुटको व्यवस्था गरिएको जानकारी प्रधानाध्यापकहरुलाई दिनुभयो ।


