काठमाडौँ —आरबीएस इन्टेलेक्ट नेपालले न्युजिल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू आयोजना गर्न लागेको छ। यसअन्तर्गत ५ फेब्रुअरी २०२६ मा काठमाडौंमा युनिभर्सिटी अफ अकल्यान्ड एडमिसन डे आयोजना गरिनेछ, जहाँ निशा अरोरा, क्षेत्रीय भर्ना सल्लाहकार (दक्षिण एशिया) ले अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया तथा न्युजिल्यान्डमा अध्ययनका अवसरबारे जानकारी प्रदान गर्नेछिन्।


यसको निरन्तरताका रूपमा आरबीएस इन्टेलेक्ट नेपालले शनिबार, ७ फेब्रुअरी २०२६ मा सुबिधानगर, टिंकुनेस्थित कार्यालयमा बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म न्युजिल्यान्ड एडमिसन डे आयोजना गर्नेछ। कार्यक्रममा एक–आपसमा व्यक्तिगत परामर्श, न्युजिल्यान्डका विश्वविद्यालय केन्द्रित अध्ययन परामर्श, तत्काल भर्ना मार्गदर्शन, छात्रवृत्ति तथा शैक्षिक मार्गबारे जानकारी प्रदान गरिनेछ। साथै, योग्य आवेदकहरूले लाइसेन्स प्राप्त इमिग्रेशन एडभाइजरमार्फत कुनै प्रोसेसिङ शुल्क नलाग्ने गरी spouse visa आवेदन तथा शून्य प्रोसेसिङ शुल्कमा अध्ययन आवेदन गर्न सक्ने विशेष सुविधा पनि उपलब्ध हुनेछ।
कार्यक्रममा न्युजिल्यान्डका प्रमुख विश्वविद्यालयहरूका प्रतिनिधिहरू— युनिभर्सिटी अफ वाइकाटोका क्षेत्रीय प्रबन्धक (दक्षिण एशिया) आशिष सुरी, अकल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजी (AUT) का वरिष्ठ विद्यार्थी भर्ना सल्लाहकार साहिल शर्मा, तथा युनिभर्सिटी अफ ओटागोकी कन्ट्री एडभाइजर रिद्धि खुराना—को सहभागिता रहनेछ। उनीहरूले पाठ्यक्रम, भर्ना मापदण्ड, छात्रवृत्ति र न्युजिल्यान्डमा विद्यार्थी जीवनबारे प्रत्यक्ष जानकारी दिनेछन्।
कार्यक्रमबारे बोल्दै आरबीएस इन्टेलेक्ट नेपालका निर्देशक सुदिप केसी ले विदेश अध्ययनको योजना बनाइरहेका सबै विद्यार्थीहरूलाई यो अवसरको अधिकतम लाभ लिन आग्रह गरेका छन्। उनले न्युजिल्यान्ड एडमिसन डेले विद्यार्थीहरूलाई विश्वविद्यालयका आधिकारिक प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्न र आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्राबारे सूचित निर्णय लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि इच्छुक विद्यार्थीहरूले www.rbsintellect.com भ्रमण गर्न वा ०१–५१९२०४५ मा सम्पर्क गर्न सक्नेछन्।



