• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रथम बर्दघाट एक्सपोमा स्थानिय कला र प्रतिभा प्रश्फुटन हुदै

  •  संवाददाता
  • २०८२ माघ २१, बुधबार २०:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी/ २१ माघ,
    स्थानिय उद्योग र व्यापार, दिगो विकासको आधार भन्ने मुल नाराका साथ उद्योग व्यापार संघ, बर्दघाटद्धारा आयोजित प्रथम बर्दघाट एक्सपोमा स्थानिय कला र प्रतिभालाई प्रोत्साहन गरिएको छ । जारी एक्सपोमा स्थानिय कलाकार र प्रतिभालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रमहरु संञ्चालन गरिएका छन । एक्सपोमा चित्रकला, एकल नृत्य, विद्यालय स्तरिय नृत्य, आधारभुत विद्यालय स्तरिय बक्तृत्वकला, माध्यमिक विद्यालय स्तरिय बक्तृत्वकला, झाँकी, कन्टेण्ट क्रियटर तथा विद्यालय स्तरिया विज्ञान प्रर्दशनी प्रतियोगिता सञ्चालन गरिएको छ ।
    स्थानिय कलालाई सम्मान गर्दै एक्सपोले विधा अनुसारकै पुरस्कार तथा प्रमाण पत्रको समेत व्यवस्था गरेको छ। जस अनुसार प्रथम भएका कण्टेन्ट क्रियटर उत्सव पाण्डेलाई नगद रु दश हजार, प्रमाणपत्र र एक्सपो अवधी भर निःशुल्क पासको व्यवस्था गरिएको छ । त्यस्तै चित्रकला प्रतियोगितामा राजामाहात्मा पूर्णभद्र माविका सदिक्षा भुलन प्रथम, एक्स आर्मि पब्लिक ईंग्लिस स्कूलका सृष्टि डुम्रे द्धितिय तथा राजामाहात्मा पूर्णभद्र माविकै विप्शिका राना मगर तृतिय स्थान हासिल गर्न सफल भएका छन। प्रथम हुने प्रतियोगिले नगद रु सात हजार, द्धितिय हुनेले नगद रु पाँच हजार रुपैया र तृतिय हुनेले तिन हजार रुपैया नगद, प्रमाणपत्र प्रदान गरिएको छ । चित्रकलामा १८ जना सहाभागि सबै प्रतियोगिलाई सधन्यवाद सहभागिताको प्रमाणपत्र प्रदान गरिएकोछ ।
    त्यस्तै आधारभुततह स्तरिय बक्तृत्वकला प्रतियोगितामाग्लोरियस एकेडेमिकी छात्रा रितु पाण्डे प्रथम, न्यू भिजन ईंग्लिस स्कूलका आयुष न्यौपाने द्धितिय तथा दाऊन्ने देवी माविका सुभम रणपाल तृतिय भएका छन । विजेताहरुले क्रमसः प्रथमहुनेले सातहजार रुपैया सहित प्रमाणपत्र, द्धितिय हुनेले पाँच हजार नगद सहित प्रमाणपत्र तथा तृतियहुनेले तिन हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै माध्यमिकतह स्तरिय बक्तृत्वकला पतियोगितामा राष्ट्यि माविकी दिक्षा पाण्डे प्रथम, दाऊन्नेदेवी माविका आयाम पौडेल द्धितिय तथा शान्ति निकुञ्ज माविका शाहिद अली मीया तृतिय स्थान प्राप्त गर्न सफल भएका छन । विजेताहरुले क्रमसः प्रथम हुनेले आठ हजार रुपैया र प्रमाणपत्र, द्धितिय हुने प्रतियोगिले छ हजार रुपैया र प्रमाणपत्र, तथा तृतियहुने प्रतियोगिले चार हजार रुपैया र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन । बक्तृत्वकलामा कुल १७ जना विद्यार्थी सहभागिता रहेको थियो ।
    जारी प्रथम बर्दघाट एक्सपोको उद्घाट समारोहमा सहभागि झाँकीहरुलाई सबैलाई सम्मान स्वारुप सहभागिताको प्रमाणपत्र तथा प्रथमहुने झाँकीलाई छ हजार छ सय छैसठ्ठी रुपैया, द्धितियहुने झाँकीलाई पाँच हजार पाँच सय पचपन्न रुपैया, तृतिय हुने झाँकीलाई चार हजार चार सय चौवालिस रुपैया प्रदान गरिने झाँकी ब्यवस्थापन उपसमितिका संयोजक राम प्रसाद भण्डारीले बताऊनुभयो । झाँकीमा कुल ३५ वटा समूहले सहभागिता जनाएका थिए ।
    एक्सपोमा विद्यालय स्तरिय नृत्य प्रतियोगिता चालु अवस्थामा रहेको छ । यस प्रतियोगितामा १४ वटा विद्यालयले सहभागिता जनाएका छन । जसमध्ये प्रथम हुने विद्यालयले बिस हजार रुपैया, द्धितिय हुने विद्यालयले पन्ध्र हजार रुपैया तथा तृतियहुने विद्यालयले दश हजार रुपैया प्राप्त गर्ने शिक्षा उपसकितिका संयोजक केशव बस्यालले बताउनुभयो । त्यस्तै खुल्ला नृत्य प्रतियोगिता (आईडल) तर्फ प्रथम हुने सहभागिले पन्ध्र हजार रुपैया, द्धितियहुने प्रतियोगिले दश हजार रुपैया र तृतिय हुने सहभागिले पाँच हजार रुपैया प्राप्त गर्नेछन ।
    त्यस्तै एक्सपोमा विद्यालय स्तरिया विज्ञान प्रदशनी प्रतियोगिता सञ्चालन हुने छ । जस अन्र्तगत प्रथम हुने विद्यालयले बिस हजार रुपैया, द्धितियहुने विद्यालयले पन्ध्र हजार रुपैया र तृतियहुने विद्यालयले दश हजार रुपैया, प्रमाणपत्र प्राप्त गर्नेछन ।
    जारी एक्सपोमा हरेक दिन स्थानिय कलाकारलाई प्राथमिकतामा राखेर उनिहरुको प्रतिभा प्रस्तुत गर्ने बातावरण तयार पारिएको छ । जस अन्र्तगत स्थानिय कलाकारहरु भरत क्षेत्री, श्यामकला भण्डारी, नारायण भुर्तेल, लक्ष्मण पाण्डे, नविन सुनार, महेन्द्र रेग्मी, डोलराज न्यौपाने, अर्जुन कंडेल, मनिषा भण्डारी, रानी मगर तथा दैनिक २० जना भन्दा धेरै जनाकलाकारले आफ्नो नृत्य तथा गायन कला प्रस्तुत गरिरहेको सांस्कृतिक उपसमिति संयोजक मोहन सापकोटाले बताऊनुभयो ।
    एक्सपो आयोजक मुल समितिका संयोजक राजु न्यौपानेले स्थानिय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्दै उनिहरुलाई थप प्रोत्साहन यस किसिमको प्रतिभा देखाऊन स्थानको खाँचो हुने हुदाँ लुकेर बसेका ति प्रतिभालाई बाहिर निकाल्दै विश्वसामु परिचित गराऊन यस कार्यक्रमले ठुलो भूमीका खेल्ने बताउनभयो । संयोजक न्यौपानेले एक्सपो मार्फत आफुहरुले स्थानिय कला, प्रतिभा, संस्कृति, खानपानको विश्वसामु परिचित गराऊने लक्ष्य लिएको बताऊनुभयो ।

    Post Views: 221

    प्रकाशित मिति: २०८२ माघ २१, बुधबार २०:४८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार
    ताजा अपडेट
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ३. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ४. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    • ५. भुक्तानी नपाएर उखु किसानको रुवाबासी:बीच : करोडौँ ठगीगरी इन्दिरा सुगर मिल-मालिक फरार

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.