माघ २२,बर्दघाट/ उद्योग व्यापार संघ बर्दघाटको आयोजनामा जारी प्रथम बर्दघाट एक्सपो २०८२” मा विविध शैक्षिक कृयाकलाप अन्तर्गत आयोजित माबी स्तरीय विज्ञान प्रर्दशनी प्रतियोगितामा दाऊन्ने देवी माध्यमिक विद्यालयका विद्यार्थी समूहले तयार पारेको स्मार्ट सिटी अवधारणाको प्रोजेक्ट वर्क प्रथम भएको छ ।

प्रतियोगितामां सहभागि भएका शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र राजा माहात्मा पूर्णभद्र माध्यमिक विद्यालय द्धितिय भएका छन ।
प्रतियोगितामा प्रथमहुने विद्यालयले नगद रु २० हजार रुपैया सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै द्धितियहुने विद्यालयहरु शान्ति निकुञ्ज रवतीगौमाता गौतम माध्यमिक विद्यालय र राजा माहात्मापूर्णभद्र माध्यमिक विद्यालयले नगद रु १२ हजार ५ सय रुपैया र प्रमाणपत्र प्राप्त गरेका छन ।
सहभागिहरुले आ.आफ्ना क्षमता र आविष्कारकला प्रयोग गरी तयार गरेका समाग्रिबाट प्रर्दशन गरिरहेका थिए ।
विद्यार्थीको अभिरुचि र समयको मागलाई मध्यनजर गर्दै गरिएको विज्ञान प्रर्दशनीले विद्यार्थीमा भएका अन्र्तनिहित प्रतिभा प्रस्फुटन हुने एक्सपोका शिक्षा उपसमिति संयोजक केशव बस्यालले बताऊनुभयो । संयोजक बस्यालले एक्सपोमा आऊने विद्यार्थीहरुको रुचिको विषयमध्ये एक बनेको विज्ञान प्रर्दशनीले विद्यार्थीहरुलाई पनि केहि गर्न सकिन्छ भन्ने थप उर्जा मिल्ने उद्देश्य अनुरुप यस कार्यक्रमको एक्सपोमा आयोजना गरिएको बताऊनुभयो ।
कार्यक्रममा निर्णायकको भूमिकाको संयोजकमा कमल प्रसाद अर्याल, सदस्य तारा पन्थ, सदस्य किशोर पन्थी रहनुभयोको थियो । कार्यक्रममा शिक्षा उपसमिति सदस्य बलराम भण्डारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।



