३० भदौ २०८३, मङ्लबार

राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

 

रामु भुसाल / बर्दघाट माघ २८,

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल नवलपरासीले आसन्न प्रतिनिधि सभामा उम्मेदवारी दियका विभिन्न दलका उमेदवारलाइ ध्यानाकर्षण पत्र बुझाएको छ।

सोहि अन्तर्गत बुधबार मञ्चले सम्बैधानिक व्यवस्था अनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापनको लागि आफ्नो पार्टीलाइ कार्य अघि बढाउन सम्बद्धपक्षको ध्यानाकर्षण गराउदै पश्चिम नवलपरासी प्रतिनिधि सभा निर्वाचमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसका उम्मेदवार बिनोद चौधरीलाई उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको  हो ।

राष्ट्रिय भूमि अधिकार मञ्च, नवलपरासीका जिल्ला सचिव रमेश ज्ञवालि द्वारा हस्ताक्षरित  ध्यानाकर्षण पत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा साना किसानका दीर्घकालीन समस्या समाधान गर्न सात बुँदे माग रहेकोे छ।

मञ्चले नक्सा, फिल्डबुक, प्लट रजिस्टर तथा श्रेस्ता जाँच गरी वास्तविक रूपमा जोतभोग र बसोबास गरिरहेका व्यक्तिको नाममा जग्गाको स्वामित्व कायम गर्न माग गरेको छ।

मागपत्रमा नेपालको संविधान २०७२ का धारा ३६, ३७, ४०, ४२ र ५१ अनुसार खाद्य र आवास अधिकार सुनिश्चित गर्दै मापदण्डअनुसार आवास तथा खेतीयोग्य जमिन उपलब्ध गराउन आग्रह गरिएको छ। साथै, स्थानीय तहमा भू–उपयोग योजना निर्माण गरी बाँझो जमिनमा भूमिहीनको पहुँच सुनिश्चित गर्न, कृषि प्रविधि र उद्यम प्रवर्द्धनमार्फत स्व–रोजगार र खाद्य सुरक्षामा योगदान पुर्‍याउन माग गरिएको छ।

 

सो अवसरमा मंचका केन्द्रिय सचिव बिजु खाणले दोहोरो स्वामित्व, जालसाजी दर्ता, वन तथा चुरे क्षेत्रसँग सम्बन्धित भूमि विवाद अन्त्य गरी वास्तविक जोतभोग गर्ने किसानकै नाममा जग्गा कायम गर्नुपर्ने, किसानले खेती गर्दै आएको गुठी जग्गा किसानकै नाममा रैतानी गर्नुपर्ने र गाँउब्लक बस्ती व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै परिचय विहीन नेपाली नागरिकलाई जन्मदर्ता तथा नागरिकता प्रदान गर्नुपर्ने माग मञ्चले अघि सारेको बताउनु भयो । भुमि आयोगका जिल्ला अध्यक्ष लाल बाहादुर गुरुङले मञ्चले अघि सारेका मागहरु आयोग र सम्बद्ध स्थानीय तहसँग समन्वय गरी जिल्लामा सहजीकरणका कार्य अघि बढाइने बताउनु भयो। सो अवसरमा उक्त ध्यानाकर्षण पत्र बुझ्दै नेपाली काङ्ग्रेसका उम्मेद्बार बिनोद चौधरीले नेपाली काङ्ग्रेस सरकारमा रहदानै भुमि समस्या समाधान गर्नका लागि आयोग गठन गरेको र आयोगले तदारुकताका साथ काम गरेको बताउदै उक्त समस्याको समाधान काङ्ग्रेसले मात्र गर्ने बताउनु भयो।

साथै वहाले आफु यस क्षेत्रका समस्या प्रति आफु जानकार रहेको र उक्त समस्या समाधान गर्नकै लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार