• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

  •  संवाददाता
  • २०८२ माघ २९, बिहीबार १६:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काभ्रेपलाञ्चोक — २०८४ मा हुनुपर्ने प्रतिनिधि सभा सदस्यको निर्वाचन जेनजी आन्दोलनका कारण स्थगित भई आउँदो फागुन २१ गते हुन गइरहेको छ। सुशीला कार्की नेतृत्वको सरकारले गराउन लागेको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ। यसैक्रममा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट ३० वर्षीय पत्रकार उमेश थापा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। ‘ठेकी’ चुनाव चिन्हसहित प्रतिस्पर्धामा रहेका थापाले सुशासन, इमान्दार नेतृत्व र युवाको रोजगारीलाई मुख्य एजेण्डा बनाएका छन्। पुराना अनुहार र दोहोरिएका एजेण्डाबाट आजित मतदातामाझ थापाले काम गरेर देखाउने प्रतिबद्धता जनाउँदै घरदैलो अभियान तीव्र पारेका छन्।


    प्रश्न–उत्तर

    प्रश्न: २०८४ मा हुनुपर्ने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्थगित भई अब फागुन २१ गते हुँदैछ। यो निर्वाचनलाई तपाईंले कसरी हेर्नुभएको छ ?
    उत्तर: यो निर्वाचन केवल सत्ता परिवर्तनको मात्र विषय होइन, प्रणाली सुधारको अवसर हो। जेनजी आन्दोलनपछि देशभर युवामा जागरण आएको छ। अब जनताले पुरानै शैली र अनुहार दोहोर्याउन चाहेका छैनन्। यो चुनावले इमान्दार नेतृत्वलाई अघि ल्याउने विश्वास लिएको छु।

    प्रश्न: तपाईं पेशाले पत्रकार हुनुहुन्छ। पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने निर्णय कसरी लिनुभयो ?
    उत्तर: पत्रकारिता र राजनीति दुवै सेवा हुन्। पत्रकारले समाजका समस्या उजागर गर्छ, तर समाधान गर्ने जिम्मेवारी सत्तामा बसेकाको हुन्छ। मैले वर्षौंसम्म कलममार्फत जनताको आवाज उठाएँ, तर धेरै समस्या समाधान भएनन्। त्यसैले प्रत्यक्ष रूपमा जनताको समस्या समाधान गर्न राजनीतिमा आउने निर्णय गरेँ।

    प्रश्न: यस निर्वाचनमा धेरै पत्रकार पार्टीबाट उम्मेदवार छन्। तपाईं भने स्वतन्त्र किन ?
    उत्तर: पार्टीभित्र रहँदा धेरै सीमा र दबाब हुन्छ। जनताको पक्षमा निर्भीक भएर बोल्न गाह्रो हुन्छ। जनताले अब पार्टी होइन, काम गर्ने व्यक्ति खोजिरहेका छन्। त्यसैले स्वतन्त्र उम्मेदवार बनेर जनताको विश्वास जित्ने निर्णय गरेँ।

    प्रश्न: काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा दलका चर्चित उम्मेदवार छन्। उनीहरूलाई हराउने आत्मविश्वास कहाँबाट आएको हो ?
    उत्तर: मतदाताले दलका उम्मेदवारको काम मूल्यांकन गरिसक्नुभएको छ। पटक–पटक भोट दिए पनि अपेक्षित परिवर्तन नआएको अनुभूति व्यापक छ। अहिले मतदाताको ध्यान उम्मेदवारको इमान्दारिता, क्षमता र प्रतिबद्धतामा केन्द्रित छ। यही विश्वासले मलाई आत्मविश्वास दिएको छ।

    प्रश्न: तपाईंको मुख्य चुनावी एजेण्डा के हो ?
    उत्तर: सुशासन, भ्रष्टाचार नियन्त्रण र इमान्दार नेतृत्व मेरो मुख्य एजेण्डा हो। देशमा कुशासन र अनियमितता हरेक क्षेत्रमा छ। यसको अन्त्य नगरी विकास सम्भव छैन। त्यसका लागि म संसदमा निरन्तर आवाज उठाउनेछु।

    प्रश्न: तपाईंले सांसद भएमा तलब–भत्ता जनताको हितमा प्रयोग गर्ने बताउनुभएको छ। यसबारे स्पष्ट पारिदिनुहोस्।
    उत्तर: जनताबाट आएको करको पैसा जनताकै हितमा प्रयोग हुनुपर्छ। सांसदले पाउने सुविधा व्यक्तिगत सुखका लागि होइन, सार्वजनिक सेवाका लागि हो। मैले पाउने तलब–भत्ता काभ्रे–२ का जनताको शिक्षा, स्वास्थ्य र सामाजिक काममा प्रयोग गर्नेछु।

    प्रश्न: रोजगारी र युवा पलायनको विषयलाई तपाईंले कसरी सम्बोधन गर्नुहुन्छ ?
    उत्तर: रोजगारी नपाएर विदेशिनु नेपाली युवाको बाध्यता बनेको छ। यसको समाधान भाषणले होइन, सीप र अवसरले हुन्छ। सीपमूलक तालिम, स्थानीय उद्यम र स्वरोजगारलाई प्रोत्साहन गर्ने नीतिका लागि म संसदमा सशक्त आवाज उठाउनेछु।

    प्रश्न: तपाईंको प्रचारशैली अरू उम्मेदवारभन्दा फरक देखिन्छ। किन खर्चिलो प्रचारमा नजानुभएको ?
    उत्तर: म पत्रकारिताबाट आएको व्यक्ति हुँ। मसँग चुनावमा खर्च गर्न ठूलो पूँजी छैन। तर, मतदातासँग प्रत्यक्ष भेटेर उहाँहरूको समस्या बुझ्नु नै मेरो प्राथमिकता हो। त्यसैले ठूला सभा होइन, घरदैलो अभियानलाई महत्व दिएको छु।

    प्रश्न: घरदैलोका क्रममा मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
    उत्तर: धेरैजसो मतदाताले युवालाई मौका दिनुपर्छ भन्नुहुन्छ। समस्या भन्दा पनि सुझाव बढी आउँछन्। उहाँहरूको विश्वासले मलाई अझ जिम्मेवार बनाएको छ र काम गरेर देखाउनुपर्छ भन्ने भावना बढाएको छ।

    प्रश्न: सामाजिक सञ्जाल र सञ्चारमाध्यमको भूमिका कत्तिको उपयोगी छ ?
    उत्तर: अहिले सामाजिक सञ्जाल प्रभावकारी माध्यम बनेको छ। सीमित स्रोतका बाबजुद पनि सन्देश जनतासम्म पुर्‍याउन सहयोग मिलेको छ। सञ्चारमाध्यममार्फत पनि मेरो एजेण्डा र धारणा सार्वजनिक भइरहेका छन्।

    प्रश्न: चुनाव जित्नुभयो भने सरकारमा जाने कि प्रतिपक्षमा बस्ने ?
    उत्तर: म प्रतिपक्षमै बस्छु। प्रतिपक्षमा बसेर जनताको आवाज बलियो रूपमा उठाउनेछु। सरकारलाई जनताको समस्या देखाउने र जवाफदेही बनाउने मेरो लक्ष्य हो।

    प्रश्न: मन्त्री बन्ने चाहना छैन ?
    उत्तर: मलाई मन्त्री पदको कुनै लोभ छैन। जनताले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु नै मेरो लागि ठूलो कुरा हो।

    प्रश्न: अन्त्यमा काभ्रे–२ का मतदातालाई के भन्न चाहनुहुन्छ ?
    उत्तर: म भाषण होइन, काम गरेर देखाउने मान्छे हुँ। एक पटक विश्वास गरेर अवसर दिनुस्। म जनताको विश्वास कहिल्यै तोड्ने छैन।

    Post Views: 85

    प्रकाशित मिति: २०८२ माघ २९, बिहीबार १६:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.