• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

राष्ट्रिय शैक्षिक परामर्श संघमा भुपेन्द्र सिटौलाकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

  •  संवाददाता
  • २०८२ फाल्गुन १७, आईतवार ११:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं — National Educational Consultancy Association (NECA) मा भुपेन्द्र सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। काठमाडौंमा सम्पन्न संघको सातौँ वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

    साधारणसभा निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेलको सभापतित्वमा तथा वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइराला को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमण कोइराला र सुवेन्द्र थापा चयन भएका छन्। महासचिवमा दीपक कोइराला, सचिवमा प्रद्युम्न बोगटी र प्रतीक्षा श्रेष्ठ तथा कोषाध्यक्षमा सुर्य पोखरेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ध्रुव थापा, केशव सिंखडा, विनोद कँडेल, लक्ष्मी खत्री, विनोद बुढाथोकी, एकराज भण्डारी, निरज पौडेल, त्रिलोचन अधिकारी, गणेश श्रेष्ठ र दुर्गादत्त सापकोटा रहेका छन्।

    NECA एक गैर–राजनीतिक, गैर–व्यावसायिक तथा गैर–नाफामूलक संस्था हो, जसले शिक्षा उद्योगका विभिन्न क्षेत्रहरूबीच समन्वय गर्दै शैक्षिक परामर्शदाता तथा काउन्सेलरहरूको आधिकारिक प्रतिनिधि संस्थाका रूपमा कार्य गर्दै आएको छ। यसले विश्वसनीय र व्यावसायिक सेवा प्रदान गर्दै वैदेशिक शिक्षा क्षेत्रमा पारदर्शिता र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

    नवनिर्वाचित अध्यक्ष भुपेन्द्र सिटौलाले सम्पूर्ण सदस्यहरूको हित संरक्षण गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थाको प्रतिष्ठा थप मजबुत बनाउने लक्ष्य रहेको बताए।

    Post Views: 283

    प्रकाशित मिति: २०८२ फाल्गुन १७, आईतवार ११:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    ताजा अपडेट
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ४. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ५. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.