काठमाडौं — National Educational Consultancy Association (NECA) मा भुपेन्द्र सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। काठमाडौंमा सम्पन्न संघको सातौँ वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

साधारणसभा निवर्तमान अध्यक्ष सन्तोष प्याकुरेलको सभापतित्वमा तथा वरिष्ठ शिक्षाविद् विद्यानाथ कोइराला को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमण कोइराला र सुवेन्द्र थापा चयन भएका छन्। महासचिवमा दीपक कोइराला, सचिवमा प्रद्युम्न बोगटी र प्रतीक्षा श्रेष्ठ तथा कोषाध्यक्षमा सुर्य पोखरेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ध्रुव थापा, केशव सिंखडा, विनोद कँडेल, लक्ष्मी खत्री, विनोद बुढाथोकी, एकराज भण्डारी, निरज पौडेल, त्रिलोचन अधिकारी, गणेश श्रेष्ठ र दुर्गादत्त सापकोटा रहेका छन्।
NECA एक गैर–राजनीतिक, गैर–व्यावसायिक तथा गैर–नाफामूलक संस्था हो, जसले शिक्षा उद्योगका विभिन्न क्षेत्रहरूबीच समन्वय गर्दै शैक्षिक परामर्शदाता तथा काउन्सेलरहरूको आधिकारिक प्रतिनिधि संस्थाका रूपमा कार्य गर्दै आएको छ। यसले विश्वसनीय र व्यावसायिक सेवा प्रदान गर्दै वैदेशिक शिक्षा क्षेत्रमा पारदर्शिता र गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
नवनिर्वाचित अध्यक्ष भुपेन्द्र सिटौलाले सम्पूर्ण सदस्यहरूको हित संरक्षण गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संस्थाको प्रतिष्ठा थप मजबुत बनाउने लक्ष्य रहेको बताए।



