७ कार्तिक २०८३, शुक्रबार

सुनवलमा भब्ब्य रूपमा मनाईयो ४४औ मगर स्थापना दिवस

सुनवल / युवराज पुन

नेपाल मगर संघ सुनवल नगर समितिको आयोजनामा ४४ औ मगर स्थापना दिवस मनाईएको छ ।
हिजो फागुन १५ गते नेपाल मगर संघ सुनवल नगर समितीको आयोजना र मगर समाज अस्नैया टोल इकाइ सुनवल ७ को सहआयोजना ४४ औ स्थापना दिवस आयोजना भएको हो ।

नगर समिती अध्यक्ष मन बहादुर थापाको अध्यक्षता आयोजित
कार्यक्रममा सुनवल नगर भरिका २७ टोल इकाइ समितिका अध्यक्ष लगायत जनप्रतिनिधिहरु ,विभिन्न संघ संस्था हरुका प्रतिनिधि ,आमा समूह लगायत हजारौ मगर समुदायको उपस्थिति थियो ।

सुनवल ७ , गणेश बस्तिमा सम्पन्न नेपाल मगर संघको स्थापना दिवस कार्यक्रम मा मनोरन्जन को लागि हरेक बर्ष जस्तै रास्ट्रीय चर्चित कलकारहरू सागर आले र भोइस अफ नेपाल सिजन – ७ का शीर्ष ८ प्रतियोगी सारुमगरको प्रस्तुती रहेको थियो । कार्यक्रममा कौडा नाच ,भुम्या नाचको साथै बिभिन्न स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
कार्यक्रममा हरेक बर्ष जस्तै भलिब प्रतियोगिता, छेलो फाल्ने प्प्रतियोगिता महिलाहरुको डोरि तान्ने प्रतियोगीता धनुष तिर हान्ने प्रतियोगिता समेत आयोजना गरीएको थियो।सम्पन्न भलिबल प्रतियोगितामा अस्नैया भलिबल क्लब प्रथम , लाङघालीसमाज -७ चारपाला दोस्रो र सुनवल ३ किर्तीपुर क्लब तृतीय भई क्रमश:  ३० हज़ार , २० हजार  र १० हजार पुरस्कार हात पारेका थिए ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार