• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

ट्रान्स ग्लोब एजुकेशनको मुख्य कार्यालय कुमारिपाटीमा स्थानान्तरण, कालिमाटी र बागबजार शाखा यथावत

  •  संवाददाता
  • २०८२ फाल्गुन १५, शुक्रबार १३:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – वैदेशिक शिक्षा परामर्श क्षेत्रमा स्थापित तथा विश्वसनीय संस्था Trans Globe Education Nepal ले आफ्नो मुख्य कार्यालय हात्तीसारबाट ललितपुरको कुमारिपाटीमा औपचारिक रूपमा स्थानान्तरण गरेको छ। विद्यार्थी तथा अभिभावकलाई अझ फराकिलो, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नयाँ तथा सुविधासम्पन्न स्थानबाट सेवा सुरु गरिएको संस्थाले जनाएको छ।

    नयाँ कार्यालयको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो। संस्थाकी अध्यक्ष Smriti Pokhrel तथा Nirvana School/College की अध्यक्ष Bidhya Shrestha ले संयुक्त रूपमा रिबन काटेर कार्यालयको शुभारम्भ गर्नुभयो। समारोहमा उपस्थित अतिथि तथा प्रतिनिधिहरूबीच केक कटिङ कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै निर्देशक Krishna Raj Pokhrel ले संस्थाले सधैं विद्यार्थी–केन्द्रित, पारदर्शी तथा परिणाममुखी परामर्श सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले कुमारिपाटी शाखालाई मुख्य हबका रूपमा विकास गरिने बताउँदै अन्तर्राष्ट्रिय विश्वविद्यालय भर्ना प्रक्रिया, भिसा परामर्श तथा करिअर काउन्सेलिङ सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिनुभयो।

    समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। Hemanta Bhattrai, IERIN का पूर्व अध्यक्ष तथा Mentor Institute का निर्देशक, साथै Yogesh Chettri, IERIN अध्यक्ष लगायतले संस्थाको नयाँ यात्राका लागि शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले नयाँ शाखाले सेवा प्रवाहमा थप गुणस्तर, व्यावसायिकता र प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

    टेस्ट प्रिपरेशन इन्स्ट्रक्टर Samir Acharya ले विद्यार्थीहरूलाई आफ्नो सुविधाअनुसार IELTS तथा PTE तयारी कक्षामा सहभागी हुन आग्रह गर्नुभयो। वरिष्ठ काउन्सेलर Shikha Baskota ले विद्यार्थीहरूलाई कन्सल्टेन्सीमा प्रत्यक्ष भेटघाट गरी विशेषज्ञ परामर्शबाट लाभ उठाउन आमन्त्रण गर्नुभयो। त्यसैगरी, काउन्सेलर Shanta Bhattrai ले अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत लगायतका अध्ययन गन्तव्यहरूबारे विस्तृत जानकारी दिँदै इच्छुक विद्यार्थीहरूलाई विश्वस्त मार्गदर्शन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    ट्रान्स ग्लोब एजुकेशन नेपालले यसअघि नै कालिमाटी र बागबजारमा शाखा सञ्चालन गर्दै आएको छ। कुमारिपाटीमा मुख्य कार्यालय स्थापना भएसँगै काठमाडौं उपत्यकाभित्र संस्थाको सेवा सञ्जाल थप विस्तार भएको छ। तीनवटै शाखाबाट अध्ययन विदेशसम्बन्धी परामर्श, आवेदन प्रक्रिया, टेस्ट तयारी तथा भिसा मार्गदर्शनलगायत सम्पूर्ण सेवा उपलब्ध गराइनेछ।

    कार्यक्रममा सहभागी शिक्षा विज्ञ, कन्सल्टेन्सी प्रतिनिधि तथा विशिष्ट डेलिगेटहरूले ट्रान्स ग्लोब टिमलाई सफलताको शुभकामना दिँदै कार्यालय स्थानान्तरणले विद्यार्थी सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। संस्थाले “तपाईंको विश्वव्यापी सपना यहाँबाट सुरु हुन्छ” भन्ने प्रतिबद्धतासहित आगामी दिनमा अझ प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ।

    Post Views: 64

    प्रकाशित मिति: २०८२ फाल्गुन १५, शुक्रबार १३:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा
    युनिकन्सल्ट्यान्ट एलाइन्सद्वारा राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को नव निर्वाचित कार्यसमितिलाई  “बधाई तथा शुभकामना कार्यक्रम” सम्पन्न
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.