परासी/ नवलपरासी जिल्लाको पहिलों र पुरानो नगरपालिका को परिचय बोकेको रामग्राम नगरपालिकाले आफ़नो स्थापना भएको २९ वर्षमा पहिलो पटक स्थापना दिवस मनाएको छ । 

नगर स्थापना भएको विषय सबै नगरवासीका लागी गौरवको विषय भएको र नगरपालिकामा सबै जम्मा भएर उत्सवको रुपमा मनाउन तथा नगरका उपलब्धि बारे जनतालाई जानकारी गराउन स्थापना दिवस मनाउन थालिएको नगरपालिका परिसरमा आयोजित एक समारोहका बिच नगर प्रमुख धनपत यादवले बताउनुभएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले जनताको जनजीविकाका मुद्धामा स्थानीय सरकारद्वारा थप सहजता आवश्यक भएकोमा जोड दिनुभयो । स्थानीय तह देखि प्रदेश र संघिय सरकारले जनतालाई सहज रुपमा दैनिक सेवा प्रवाह गर्नुपर्नेमा उहाँको जोड छ ।
प्रतिनिधि सभा सदस्य रिंगला यादवले आफु भर्खर सांसद बनेको बताउदै जनताको शिर झुक्ने काम नगर्ने बताउनुभयो । पुर्व मन्त्री तथा निर्वतमान प्रतिनिधि सभा सदस्य धुव्र बहादुर प्रधानले पर्यटन मार्फत रामग्राममा सम्वृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्नुभयो । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंण्डेलले नकारात्मकता बढी फैलिएको बताउदै इतिहास कसैले बिर्सन नहुने धारणा व्यक्त गर्नुभयो ।
आचोचना गरेर, होच्चाएर मात्र नहुने बताउदै काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो । पूर्व रक्षाराज्यमन्त्री रामवच्च यादवले सबैको सहकार्यले विकासको कामलाई गति दिन सकिने बताउनुभयो ।
प्रदेश सभा सदस्य वैजनाथ कलवारले संघिय सरकारले प्रदेश सरकारलाई प्रर्याप्त मात्रामा मल दिनुपर्ने बताउनुभयो । मल र सिंचाईको व्यवस्थामा सबै तहका सरकार जिम्मेवार बन्नुपर्ने बताउदै प्रदेश बाट पनि सक्दो पहल गरेर काम भइरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा लुुम्बिनी प्रदेशका पूर्व मन्त्री वैजनाथ चौधरी, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदल, रामग्रामका संस्थापक मेयर गोविन्द चौधरी, जसपा नेपालका अध्यक्ष धरेन्द्र यादव, रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी लगायतले नगरपालिका स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाले चार वर्षका अवधिमा सम्पादन भएका मुख्य मुख्य कामका विषयमा जानकारी गराएको थियो । नगरपालिको सिमित स्रोत र साधनका बिच शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार विकास लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । कार्यक्रममा विभिन्न जातजाती र भाषाभाषिका सांस्कृति प्रस्तुती पनि प्रस्तुत गरिएको थियो ।
सबै जातजाती र भाषाभाषिलाई नगर स्थापना दिवसको अवसरमा पहिचान प्रस्तुत गर्ने मंचको रुपमा स्थापित गर्ने काम गरिएको नगर प्रमुख यादवले बताउनुभयो । साथै नगरपालिकाले उत्कृष्ट कर्मचारी, सरसफाईकर्मी, उत्कृष्ट विद्यालय तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने संघ संस्था तथा व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । संञ्चार क्षेत्रबाट योगदान गरेको भन्दै नवलपरासीको पहिलो रेडियो सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मिलाई दोसल्ला, प्रमाणपत्र र नगद सहितको सम्माननगर स्थापना दिवसको अवसरमा गरिएको थियो । श्रोत:रेडियों paraasi



