• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

रामग्राम-कोलियगणराज्यको एकीकृत विकासको प्रस्ताव मन्त्रालयमा एक्टिभ

  •  संवाददाता
  • २०८२ चैत्र १७, मंगलवार ०९:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुरुषोत्तम सुबेदी
    पश्चिम नवलपरासी , चैत १७ / पश्चिम नवलपरासीको ऐतिहासिक, रामग्राम सहित धार्मिक तथा पुरातात्विक महत्त्वका स्थलहरूको समग्र विकासको एकीकृत प्रस्ताव बारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल एक्टिभ भएको छ । पर्यटन मन्त्री खड्ग राज पौडेल र नवलपरासी ( पश्चिम) निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ताको चासोमां भएको उक्त छलफल विशेष गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलहरूलाई एउटै संयन्त्रभित्र ल्याएर एकीकृत विकास गर्ने विषयमा केन्द्रित भएको हो ।
    उक्त प्रस्ताव बारेको भेटघाटमा स्थानीय सरोकारवाला तथा पर्यटन क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहेको थियो । विज्ञहरूले यी ऐतिहासिक क्षेत्रहरूको विकासले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने र धार्मिक पर्यटनको नयाँ ढोका खुल्ने सुझाव दिएका थिए।
    छलफलमा सांसद गुप्ताले विश्वकै एक मात्र बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप, प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पण्डितपुर, बुद्धले प्रव्रज्या (केश मुण्डन) गरेको अनोमा घाट र ऐतिहासिक देवदह ताल (तरङ्गौली) लगायतका क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनका लागि मन्त्री समक्ष माग राख्नुभएको छ। सांसद गुप्ताले यी क्षेत्रहरू लुम्बिनीसँग प्रत्यक्ष जोडिएको भए तापनि अपेक्षाकृत विकास हुन नसकेको भन्दै छुट्टै गुरुयोजना मार्फत अघि काम अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो।
    छलफलमा पर्यटन मन्त्री पौडेलले रामग्राम र पण्डितपुर क्षेत्रको ऐतिहासिक गरिमा अन्तर्राष्ट्रिय स्तरको रहेको स्वीकार गर्दै यसको विकासका लागि मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताउनुभयो । उहाँले कोलिय गणराज्यको पहिचान जोगाउन आगामी बजेटमा यी क्षेत्रका लागि प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो ।
    छलफलमा नवलपरासीमा छरिएर रहेका बुद्धकालीन स्थलहरूको संरक्षणका लागि ‘कोलिय गणराज्य संरक्षण विकास समिति’ गठन गर्ने बारे सांसद गुप्ताले जोड दिनुभयो।

    रामग्राम स्तूप र पण्डितपुरको व्यवस्थित उत्खनन तथा अनोमा घाट र देवदह तालको पर्यटकीय पूर्वाधार निर्माण गर्न सके नवलपरासी (पश्चिम) लुम्बिनी पछिको दोस्रो ठूलो पर्यटकीय गन्तव्य (हब) बन्ने विश्वास व्यक्त गरीएको छ।

    Post Views: 27

    प्रकाशित मिति: २०८२ चैत्र १७, मंगलवार ०९:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न
    ताजा अपडेट
    • १. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • २. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ३. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • ४. नवलपरासीका सांसदले प्रधानमन्त्रीलाई बुझाए सुस्तादेखि सडक पूर्वाधारका योजना

    • ५. डा.नीता कण्डेल आँखा अस्पतालद्वारा ११ लाख बढ़ीले पाए सेवा

    चर्चित
    • १. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    • २. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ३. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.