नवलपरासी , बैशाख १० /

नवलपरासीको समग्र आर्थिक विकास र औद्योगिक समृद्धिका लागि उद्योग वाणिज्य संघ, नवलपरासीले प्रतिनिधि सांसदहरूसंग छलफल गरेको छ।
सदरमुकाम परासी स्थित संघको सभाहलमा आयोजित
कार्यक्रममा बोल्दै संघीय सांसद विक्रम खनालले नवलपरासी जिल्ला औद्योगिक सम्भावनाले भरिपूर्ण रहेको बताउनुभयो। उहाँले उद्योगीहरूका समस्यालाई संघीय सदनमा जोडदार रूपमा उठाउने र औद्योगिक विकासका लागि आवश्यक ऐन कानुन परिमार्जन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, अर्का वक्ता संघीय सांसद नरेन्द्र कुमार गुप्ताले स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी निर्यातमुखी उद्योगमा जोड दिनुपर्ने बताउनुभयो भने संघीय सांसद रिंगला यादवले आर्थिक विकासमा महिला उद्यमीहरूको भूमिका र समावेशी लगानीको महत्त्वबारे चर्चा गर्नुभयो।
उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिरेन्द्र अग्रहरीले निजी क्षेत्रले भोग्नुपरेका प्रक्रियागत झन्झट र पूर्वाधारको अभावका कारण व्यवसायीहरू मारमा परेको गुनासो गर्नुभयो। उहाँले राज्यले उद्योगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरीले जिल्लाको आर्थिक मेरुदण्डका रूपमा रहेका उद्योगी र राज्यका प्रतिनिधिबीचको यो छलफलले ठोस कार्यदिशा तय गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निजी क्षेत्र र सरकार मिलेर अघि बढे मात्रै नवलपरासीलाई देशकै नमुना आर्थिक केन्द्र बनाउन सकिने बताउनुभयो।
कार्यक्रममा जिल्लाभरका निजी क्षेत्रका प्रतिष्ठित उद्योगी, व्यापारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो।
उता धराशायी हुने अवस्थामा पुगेका सुनवल -परासी क्षेत्रका ब्यवसायीलाई टेवा दीने विषयमा छलफल भई रहदा भारतबाट ल्याइने रू सय बढ़ी घरायसी सामानको भंसार लिने नेपाली अर्थ नितिका बिरुद्ध सीमाक्षेत्रका नेपाली चरम आक्रोशित बनेका छन ।
एका तर्फ़ सीमा क्षेत्रका नेपालीको भारतसंगको रोटी बेटी अनी दैनिक किनमेललाई सहजताको प्रबन्ध गर्नू अर्को तर्फ़ धरासायीको अवस्थामा रहेका नेपाली उद्योगि ब्यवसायीको स्थायित्व र ब्यवसायी सुरक्ष्yया तालमेल मिलाउदै नवलपरासीको तिभ्र आर्थिक बिकासको मोडल कसरी तय होला आम ब्यवसायीको चासोको विषय बनेको छ ।


