काठमाडौं — नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनका लागि नवलपरासीकी अनिता शर्मा केन्द्रीय निर्वाचन समितिको सदस्यमा मनोनित हुनुभएको छ।

नेपाली कांग्रेस-देउवाको यही असोज १५ गते देखी वार्ड तहबाट सुरु हुने १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित पत्र अनुसार शर्मालाई उक्त पदमा मनोनयन गरिएको हो।
पत्रमा नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम श्री एगराज पोखरेल संयोजक रहनुभएको केन्द्रीय निर्वाचन समितिमा शर्मालाई सदस्य पदको जिम्मेवारी दिइएको उल्लेख छ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आउँदो २०८३ साल मंसीर २१, २२ र २३ गते काठमाडौंमा सम्पन्न गर्ने गरी तालिका तय गरिएको छ।
संयोजक प्रा. डा. कोइरालाले मनोनयन पत्रमार्फत शर्मालाई बधाई दिँदै तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

