पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, असोज ३१
बडादशैँको रौनकले मुलुकभर नेपाली समाज खुसी र उल्लास छाए पनि पश्चिम नवलपरासीको सुस्तावासीको मुहारमा भने दशैँको कुनै उत्साह र रौनक देखिएको छैन ।
खुसी होइन, पीडा र निराशा छ । गत साता मात्र ससुवा भोटेकोशीको महाबाढीले नारायणी नदीले सुस्ता क्षेत्रमा भएको डुवान र कटान बितण्डाका कारण सुस्तावासीको आँगनमा दशैँको कुनै उल्लास र रौनक प्रबेश गर्न सकेको छैन ।
बाढीले घरमा राखिएका खाद्यान्न बगाउदा सामान्य चूलो सचालनमा समेत चुनौती छ भने खेतमा पाकेर घर भित्राऊने बेलाका धानबाली बालुवाले पुरेको देखदा मन सम्हालंन समेत नसक्कने अवस्था देखीएको छ ।
सुस्ता बचाउ अभियानका प्रवक्ता एबम रास्वपा सुस्ताका नेता रवीन्द्र जयसवालका अनुसार बाढीकले खेतको धान बाली र केरा खेतीमा ठूलो क्षति गरेका कारण सुस्ताबासी चाडका बेला बिछिप्त भएका छन्।
बाढीले घरबास नै जोखिममा पारेपछि अहिलेसम्म पनि करिब ४० परिवार आश्रयस्थलमै बस्न बाध्य भइरहेको प्रवक्ता जयसवालले जानकारी दिनुभयो।
गाउँभरि दशैँको कुनै रौनक नभएको र अन्यत्र मानिसहरू पर्वको खुसी मनाइरहँदा सुस्ताका बाढीपीडितहरू भने गाँस र बासकै चिन्तामा आश्रयस्थल र भग्नावशेष हेरेर टोलाउन बाध्य छन्।
स्थानीयबासीहरूका अनुसार दशैँ मनाउनु त परको कुरा, “गाउँभरि दशैँको कुनै रौनक छैन । बाढीले घरका खाद्यान्नमा ठूलो क्षति पारिदियो, खेतको बाली बालुवामा परिणत भयो,” पीडा पोख्दै सुस्ताक स्थानीयले भने, मानिसहरू दशैँ मनाइरहँदा हामी भने नारायणीको कटान र भोलि कहाँ बस्ने भन्ने चिन्तामै दिन बिताउन बाध्य छौँ । हाम्रा लागि यसपटकको दशैँले कुनै खुसी ल्याउन सकेन ।”
यसैबीच, बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकारका तर्फबाट तत्कालीन राहत वितरणको गरिएको छ। सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन प्रसाद रेग्मीका अनुसार बाढी प्रभावित समुदायको दुःखलाई मध्यनजर गर्दै गाउँपालिकाका तर्फबाट खाद्यान्नसहितका राहत सामग्री उपलब्ध गराएर सहयोग गरिएको छ।
तथापि, क्षति ठूलो रहेकाले सुस्तावासीहरू अझै पनि ब्यवस्थित पुनर्स्थापना र दशकौ बर्शेनीको डुवान कटान समस्याको बाट सृजित दुःख अभाव रकष्ट बीच बिताउनुपर्ने बाध्यतादीर्घकालीन समाधानको पर्खाइमा सुरुवाती छन्। वर्षेनि दोहोरिने नारायणीको बाढी र कटानको स्थायी समाधान नहुँदा सुस्ताका बासिन्दाले हरेक पर्व र उत्सवहरू यस्तै अनिश्चितता र रहँदै आएको छ ।

