
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा आज देखी प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । विग बुद्ध क्लबको आयोजनामा सुनवल ६ विशासय स्थित भुपु खेल मैदानमा सुरु भएको खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज एक कार्यक्रमका विच प्रदेश सभासदस्य खडग बस्नेतले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य बस्नेतले खेलबाट समाज अनुशासित तरिकाले अगाडी बढ्ने बताउदै खेलाडिलाई राज्यले अपनत्व गर्न नसकेकोमा दुख व्यक्त गर्नुभयो । उहाले खेलाडिलाई उचित तालिम र जिविकोपार्जन सहितका सुविधा र अवसरको व्यवस्था गर्नुपर्ने बताउनुभयो । प्रदेश सभा सदस्य बस्नेतले खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
प्रतियोगिताको आज पहिलो दिनमा भएको खेलमा चरङ्गे युवा क्लव रुपन्देहीलाई ३-१ गोल अन्तरले पराजित गर्दै नव नेपाल किसान युवा क्लव दविला विजय भएको छ । खेलमा नव नेपाल किसान युवा क्लवका जर्सि नं ८ का खेलाडी मनिष चौधरी म्यान अफ द म्याच घोषित भएका छन् । आगामी माघ २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १७ टिमको सहभागीता रहेको छ ।




