
पश्चिम नवलपरासी ।पश्चिम नवलपरासीको प्रतापपुरबाट भन्सार छलि नेपाल भित्राउदै गरेको अवस्थामा प्रहरीले ३ लाख ६० हजार मुल्य बरावरको भैसी र पाडा नियन्त्रणमा लिएको छ । सोमवार जिल्लाको प्रतापपुर ३ गिदहा र प्रतापपुर ४ दरखासे बाट अबैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्यारउदै गरेको अवस्थामा १ लाख ६० हजार मुल्य वरावरका १ वटा भैसी र २ लाख मुल्य वरावरका ४ वटा पाडा नियन्त्रणमा लिएको नवलपरासी प्रहरीले जनाएको छ ।


पशु चौपाय नियन्त्रणमा लिन सफल भए पनि पशु चौपाय ल्याउदै गरेको मानिस भने फरार भएको सुचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिईएको भैसी र पाडा नियन्त्रण आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको उहाले बताउनुभयो ।



