३० भदौ २०८३, मङ्लबार

कराँते रास्ट्रिय प्रतिस्पर्धा गर्न छानिएका खेलाडीलाई नगरपालिकाको गुडलक भेट

सुनवल । काठमाडौँमा हुने राष्ट्रिय कराँते प्रतियोगितामा सहभागिताका लागि सुनवलबाट छनौट भएका खेलाडीहरुलाई विदाई गरिएको छ । यही माघ २६ देखि २८ गते सम्म काठमाडौंमा संचालन हुने दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा लुम्विनी प्रदेश स्तरमा प्रदेशबाट छनौट भएका सुनवलका खेलाडी तथा अफिसियलहरुलाई नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमका विच जितको अग्रिम शुभकामना सहित विदाई गरिएको हो ।

सो प्रतियोगिताका लागि सुनवल नगरपालिकाका ४ जना खेलाडि र ३ जना अफिसियल छनौट भएका छन् । उनिहरुलाई जितको अग्रिम शुभकामना सहित नगरपालिकाको तर्फबाट जर्सि , खादा र टिका प्रदान गर्दै नगर प्रमुख विमला अर्याल, उप प्रमुख सुर्य प्रसाद दुवे र वडा अध्यक्ष वालकृष्ण पंगेनीले र जिल्ला सितुरियो कराँते संघ नवलपरासीका अध्यक्ष गोपी पुनले संयुक्त रुपमा विदाई गर्नुभयो ।

विदाई कार्यक्रममा नगर प्रमुख अर्यालले लुम्विनी प्रदेशका १२ जिल्ला मध्य नवलपरासीका सुनवलबाट ४ जना खेलाडी छनौट हुनु खुसिको कुरा रहेको बताउदै खेलाडीहरुले उक्त राष्टिय खेलमा उत्कृष्ठता हासिल गर्नुपर्ने बताउनुभयो । नगरको खेल क्षेत्रको समग्र विकासका लागि नगरले प्राथमिकतामा राखेर अगाडी बढेको भन्दै नगर प्रमुख अर्यालले आगामी दिनमा पनि थप कार्यक्रम र बजेट विनियोजन गर्ने बताउनुभयो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार