४ अशोज २०८३, आइतवार

बुटवल–बर्दघाट विद्युत प्रसारण लाइन आजदेखि दैनिक ४ घण्टा बन्द रहने


बुटवल । बुटवल–बर्दघाट १३२ केभी डबल प्रसारण लाइनमा आज बिहीबारदेखि दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ । नवलपरासी पश्चिम सुनवल नगरपालिका बडेरास्थित न्यू बुटवल सबस्टेशन नजिकै प्राधिकरणको कालिगण्डकी प्रसारण कोरिडोर आयोजनाको एमसीटी १६ को टावर निर्माण गर्न विद्युत प्रसारण बन्द सट डाउन हुने भएको हो।


नेपाल विद्युत प्राधिकरण बुटवल ग्रीड महाशाखाले सार्वजनिक सूचना जारी गर्दै आजदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको हो । प्रसारण लाइनमा विद्युत आपूर्ति बन्द हुँदा प्राधिकरणको बुटवल ग्रीड महाशाखा अन्तर्गत सुनवल, बुटवल र मैनहिया सब स्टेशनहरुबाट सञ्चालित औद्योगिक क्षेत्र तथा गाह्रस्थ उपभोक्ताहरु प्रभावित हुने प्राधिकरणले जनाएको छ । प्रसारण लाइन सटडाउन हुँदा बुटवल औद्योगिक क्षेमा रहेका ६५ सहित देवदह, सुनवल, भुमही र बर्दघाटसम्मका करिब दुई सय उद्योगहरुमा दैनिक चार घण्टा विद्युत प्रसारण हुनेछैन

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार