२२ कार्तिक २०८३, आइतवार

बिशासय सामुदायिक बन-सुनवलको वार्षिक साधारण सभा सम्पन्न !

सुनवल / कार्तिक २१/

बिशासय सामुदायिक बन सुनवलको वार्षिक साधारण सभा कार्यालय परिषर प्रांगणमामा शनिवार सम्पन्न भएको छ ।

सभामा सामुदायिक बनसमूहका अध्यक्ष एवं सभाअध्यक्ष गंगा प्रसाद घिमीरेले प्रगति प्रतिबेदन प्रस्तुत गर्दै उधम बिकास, ग़रीब बिपन्नको जीविकोपार्जनमा टेवा पुर्याऊने लगायतका कार्यक्रममा जोड़ दिदै अघि बढ़ीरहेको बताउनु भयो ।

अध्यक्ष घिमिरेले बन समूहका २८ बढ़ी उपभोक्ता सदस्यहरू सुपा अर्घाखाँची स्थित सुपा देउराली दर्शनको लागि जादा दुर्घटना भई घाइते हुनु भएकोमा दुःख व्यक्त गर्दै सम्पूर्ण उपचाररत घाईते उपभोक्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भयो ।

सभामा कोषाध्यक्ष सीता कुँवरले गत आब ०८२/८३ मा बन समूहले ६६ लाख क़रीब कुल आम्दानी गर्दा ५१ लाख क़रीब संचालन खर्च भएको प्रतिवेदन मार्फ़त सभामा जानकारी गराउनु भएको थियो ।

डिभीजन बन कार्यालय नवलपरासीका प्रमुख धनेश्वर नेउपानेको प्रमुख आतिथ्यतामामा संचालन भएको कार्यक्रममा वार्ड अध्यक्षद्वय हेमालाल शर्मा चापागाई र मन बहादुर थापा ”झोर्ले” समुदायिक बन महा संघ नेपालका केंद्रीय सदस्य कमल परियार सब डिभीजन बन अफ़िस सुनवलका प्रमुख मणिराम खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न छिमेकी सामुदायिक बन समूहका अध्यक्ष, सहकारी संस्थाका अध्यक्ष ,समाजसेवी ,रामग्राम तथा पाल्ही नन्दन सम्मका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममको औपचारिक स्वागत समूहका उपाध्यक्ष खगेश्वर भूशालले र कार्यक्रमको संचालन सचिब मनरूपा पाठकले गर्नू भएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार