२२ कार्तिक २०८३, आइतवार

परासीमा “रामग्राम रङ्गशालाको” औपचारिक शुरुवात, मेयरद्वारा समुद्घाटन !

परासी / नवलपरासीको परासीमा “रामग्राम रङ्गशालाको” आज एक समारोहका बीच समुद्घाटन गरिएको छ । रामग्रामका मेयर धनपत यादवले रामग्राम नगरपालिका–४ मा केही समय अघि मात्र निर्माण सम्पन्न भएको रामग्रामको एक मात्र पहिलो रङ्गशालाको उद्घाटन गर्नुभएको हो ।

झण्डै ५ करोड १० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको रङ्गशालामा ६३० दर्शक क्षमताको प्याराफिट, २४ वटा सटर तथा खेलाडीका लागि चेन्जिङ रुम निर्माण गरिएको छ ।गौरवको आयोजनाका रूपमा रहेको रामग्राम नगरपालिकाको यो रङ्गशालाको निर्माण २०७९ सालदेखि सुरु गरिएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले नगरभित्रका खेलाडीहरूको संरक्षण, खेलकुद प्रतिभाको विकास र समग्र खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिकाले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिदै आएको बताउनुभयो ।

जिल्लाको एक मात्र सरकारी क्याम्पस पाल्ही बहुमुखी क्याम्पसको छेउमा निर्माण गरिएको रङ्गशालाले स्थानीयस्तरमा खेलकुद गतिविधि सञ्चालन तथा खेलाडीको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा नगरपालिकाले लिएको छ ।

कार्यक्रम रामग्राम नगरपालिका वडा नम्बर ४ का अध्यक्ष मदन यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नगर उपप्रमुख सम्झना चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्ड न ४ का अध्यक्ष मदन यादवले आफ्नो वडामा रंगशाला निर्माण हुनु गौरभको विषय भएको बताउँदै यस वड़ामा प्रयोगविहीन खण्डहरको रूपमा रहेको ऐतिहासिक बसपार्कलाई उपयोगमा ल्याउने  र डा. विनोद–नीता कण्डेल आँखा अस्पतालको भवन निर्माणलाई आगामी कार्ययोजनामां प्राथमिकताका साथ अघि बढाइएको बताऊनु भयो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति रवि पाण्डे, नेपाली कांग्रेसका कार्यवाहक सभापति विक्रम यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष रामभवन यादव, नागिरक उन्मुत्ति पार्टिका केन्द्रीय सचिव बिजी चौधरी, जनता प्रगतिशिल पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, जिल्ला क्रिकेट संघका अध्यक्ष कृष्णनारायण श्रेष्ठ र नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यवाहक अध्यक्ष विकास अधिकारी लगायतले रङ्गशाला निर्माणले जिल्लाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

आज रंगशाला उद्घाटन संगै आजैदेखि दिपावली र छठ पर्वको अवसरमा “रामग्राम कप क्रिकेट” प्रतियोगिताको शुभारम्भ समेत गरिएको छ । रामग्राम किङ्स क्रिकेट क्लवको संयोजनमा प्रतियोगिता आयोजना गरिएको क्लवले जनाएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार