• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

संसदीय चुनावमा तेस्रो हारपछि दसौंदी बने राष्ट्रिय सभा सदस्य

  •  
  • २०७९ माघ २६, बिहीबार ११:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् । बुधवार भएको उपनिर्वाचनमा ४ हजार २६ मतभार प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका माधवप्रसाद आचार्यलाई ३२६ मतभारले पराजित गरे । योसँगै उनले साढे तीन दशक लामो राजनीतिक जीवनमा पहिलो पटक संसदीय राजनीतिको यात्रा तय गरेका छन् । प्रतिनिधि सभा तथा संविधान सभामा गरी तीन पटक चुनाव हारेका उनी थुप्रै उतारचढावबीच राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    २०२३ सालमा रोल्पाको तत्कालीन सैवाङ गाविसको डुबिडाडामा जन्मिएका दसौंदीले २०३६ सालबाट विद्यार्थी संगठनबाट राजनीति सुरु गरेका थिए । ०४१ सालमा नेकपा कम्यूनिष्ट पार्टीमा आवद्ध भएका उनी ०४३ सालपछि शिक्षण पेशा लागे ।उनले गाउँकै सैवाङ माविबाट अध्यापनमा सुरु गरे । त्यसपछि ०४८/०४९ सालको शिक्षक/कर्मचारी आन्दोलनको नेतृत्व गरे । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले उनलाई शिक्षकबाट निम्बन गर्‍यो ।०५१ सालपछि उनी शिक्षण छोडेर पूणर्रुपमा राजनीतिमा होमिए । ‘शिक्षकबाट निम्बनमा परेपछि उहाँ पूणर्कालीन राजनीतिमा लाग्नुभयो’, कुनै समय रोल्पाको पार्टीमा सँगै रहेर काम गरेका नेकपा एमालेका नेता एवं तुलसीपुर मेयर टीकाराम खड्काले भने ।


    दसौंदी ०४६ सालमा बहुदल आएपछि पार्टीसँग जोडिएका थिए । २०५१ सालमा उनी रोल्पाको होलेरीमा भएको प्रथम अधिवेशनमा पार्टीको जिल्ला उपसचिव भए । २०५४ सालमा भएको पार्टी विभाजनपछि उनले सचिव भएर १० वर्ष जिम्मेवारी सम्हाले । द्वन्द्वका बेला तत्कालीन एमालेका इन्चार्ज शंकर पोखरेलले सुरु गरेको शान्ति पदयात्रा अभियानमा पनि उनले महत्वपूणर् भूमिका खेलेका थिए ।राजनीतिमा चुनावी हार/जीत स्वभाविक मानिन्छ । तर उनले आफ्नो राजनीतिक जीवनमा भने सबैजसो चुनावमा लगातार हार व्यहोर्नु पर्‍यो ।


    २०५१ सालमा उनी पहिलो पटक रोल्पा २ नम्बर क्षेत्रबाट सांसदमा चुनाव लडेका थिए । त्यसपछि ०५६ साल र ०७० सालको संविधान सभाको चुनाव लडे ।तर उनी यी तीनवटै चुनावमा पराजीत भए । त्यहीकारण उनले संसदीय राजनीतिक यात्रा तय गर्न सकेनन् । ०७४ सालमा भने प्रदेश सभा सदस्यको समानुपातिकमा थिए, तर सांसद हुन पाएनन् । गएको ०७९ सालको चुनावमा पनि उनी प्रतिनिधि सभा सदस्यको समानुपातिकमा सिफारिसमा परे तर सांसदको सूचिमा परेनन् ।


    महिनादिन अघिमात्र एमालेले माओवादीसँग गरेको गठबन्धन लाभ भने यो पटक दसौंदीले लिन पाए । र, लुम्बिनीको भुगोलबाट भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ दलहरुको समर्थनमा उनी बुधवार राष्ट्रिय सभा सदस्य बने ।दसौंदी रोल्पाको राजनीतिक र सामाजिक आन्दोलनसँग जोडिएको कुशल पात्र भएको उनका समकालीन टिकाराम खड्का बताउँछन् । ‘उहाँ पार्टी आन्दोलनमा लामो समय लागेको व्यक्ति हो’, उनले भने, ‘ढिल्लै भ एपनि पार्टीले उहाँको मुल्याकन गरेको छ, उहाँमाथि न्याय भएको छ ।’


    लामो राजनीतिक जीवन बिताए पनि कहिल्लै संसदीय राजनीतिमा प्रवेश गर्न नपाएका उनी भने आफ्नो जितलाई रोल्पावासीमाथि न्याय भएको बताउँछन् ।‘लामो राजनीतिक जीवनमा जिल्लावासीका लागि काम गर्ने मौका पाएको थिइनँ, अब ठाउँमा पुगेको छु’ बुधवार विजयीपछि खुसी साट्दै उनले भने, ‘आफ्नो कार्यकाल जिल्लाको विकासमा सर्मपित हुनेछु ।’

    Post Views: 69

    प्रकाशित मिति: २०७९ माघ २६, बिहीबार ११:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज छात्रा बास्केटबल प्रतियोगिता काठमाडौंमा सुरु
    थाइल्याण्ड एजुकेशन फेयर २०२५ काठमाडौंमा सफलतापूर्वक सम्पन्न
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.