
सुनवल । सुनवल जेसिस २०२२ का अध्यक्ष जेसी जमुना थापाले सन् २०२३ का अध्यक्ष विकास अचार्यलाई पद हस्तान्तरण गर्नुभएको छ । सोमवार सुनवलमा भएको सुनवल जेसिस ११ औँ पदस्थापन तथा सम्मान समारोह कार्यक्रममा पद हस्तान्तरण गर्नुभएको हो ।


कार्यक्रममा प्रमुख अथिति लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले जेसिसले युवाहरुका विचमा लोकप्रिय कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनमा थप सिर्जनात्मक कार्यक्रमहरु सन्चालन गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाले युवाहरुमा सकारात्मक सोचको विकास गर्ने र विकास निर्माणका कार्यलाई टेवा दिने खालका कार्यक्रम संचालन गर्न संगठित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

स्वास्थ्य मन्त्री पन्थीले सुवनल जेसिसले स्थापना काल देखी नै हालसम्म समाज रुपान्तरणका लागि थुपै्र गतिविधि कार्य गरेको र ति गतिविधिलाई थप परिस्कृत गर्दै आगामी दिनमा पनि निरन्तर अघि बढाउन सुझाव दिनुभयो ।

वर्ष २०२३ का महासचिव सपना शर्मा र वर्ष २०२२ का महासचिव विकास आचार्यले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रममा सुवणर् राज पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसस्था, व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा लुम्विनी प्रदेशसभाका सदस्य खडक बस्नेत , सुनवल नगरपालिकाका निर्वतमान नगर प्रमुख भिम बहादुर थापा, लगायत विभिन्न संघसस्थामा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

जेसिस भनेको १८ वर्ष देखी ४० वर्ष उमेर भित्रका युवाहरुको नेतृत्व विकासका निम्ती सक्रिय विश्वव्यापी संस्था रहेको सुनवल जेसिसका संस्थापक कानुनि सल्लाहकार एबं मातृशाखा रामग्राम जेसिसका पुर्व अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।

सोही अवसरमा प्रमुख अतिथि मन्त्री पन्थीबाट वर्ष २०२२ सम्पन्न भएका जेसिस गतिविधिहरुको क्युआर कोड सहितको स्मारिका अनावरण गरिएको थियो ।



