• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

बर्दघाट नगरपालिकाको उदासिनता कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित

  •  
  • २०७९ फाल्गुन २, मंगलवार १२:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+


    नारायण भण्डारी ,बर्दघाट । शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी गर्दै आएको बर्दघाट नगरपालिकाकले शैक्षिक क्षेत्रमा उदाशिनता देखाएको छ । नगरको उदाशिनताका कारण महिनौ देखि शिक्षक ब्यबस्थापन नहुँदा सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बन्दै आएको छ ।


    नगर भित्रका सामुदायिक विद्यालयहरुमा महिनौ देखि रिक्त रहेको शिक्षकको पदपुर्ति नहुँदा पठनपाठनमै समस्या भएको हो । नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरु मध्ये ८ वटा विद्यालयमा शिक्षकको पदपुर्ति गर्नुपर्ने भएपनि नगरपालिकाले त्यसमा चांसो देखाएको छैन् । वडा नम्बर १४ मा रहेको पशुपति आधारभुत विद्यालयमा भदौ महिना देखि निमावि तहको गणित विषयको शिक्षक नहुँदा विद्यार्थीहरुको पढाई नै प्रभावित भएको छ ।


    नगर शिक्षण अनुदान कोटा मार्फत शिक्षक ब्यबस्थापन गर्नुपर्ने भए पनि नगरपालिकाले हाल सम्म शिक्षक उपलब्ध गराउन सकेको छैन् । विद्यालयले गत भदौ २१ गते शिक्षक आवश्यकता सम्बन्धि विज्ञापन प्रकाशन गरेको थियो । ३ जनाले आवेदन दर्ता गराएमा विज्ञापन प्रकाशन भएको ५ महिना वितिसक्दा पनि शिक्षक पदपुर्ति हुन सकेको छैन् । हाल विद्यालयमा नेपाली विषय अध्यापन गराउने शिक्षकले गणित विषय अध्यापन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद घिमिरेले बताउनुभयो ।
    नगरपालिकाको वडा नम्बर २ पटुकेमा रहेको धारापानी प्राथमिक विद्यालयमा पनि गत असोज महिना देखि नगर शिक्षण अनुदान कोटाको शिक्षक पद रिक्त रहेको छ । विद्यालयले गत असोजमै शिक्षक पदपूुर्तिका लागि विज्ञापन प्रकाशन गरेकोमा ५ जनाको आवेदन दर्ता भएको थियो । विज्ञापनको म्याद सकिएपनि सुरुमा संघ र प्रदेशको चुनावको आचारसंहिता देखाएर छनोटमा ढिलाई भएकोमा अहिले नगरको शिक्षा ऐन संसोधनको प्रकृयामा रहेको कारण देखाए ढिलाई गरिएको छ । शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको प्रधानाध्यापक बोल्गा नेपालले जानकारी गराउनुभयो ।


    सिद्धज्योति आधारभुत विद्यालय वडा नम्बर १६ मा पनि प्रावि तृतिय तहको १ जना शिक्षक पद रिक्त रहेको छ भने ज्ञानज्योति मावि बर्दघाट १० मा मावि राहात कोटाको विज्ञान विषयको शिक्षक पदपुर्ति गर्नुपर्ने छ । विद्यालयले विज्ञापन खुलाईसकेको छ तर अहिले सम्म पदपुर्ति गर्न सकिरहेको छैन् । एसईई परिक्षा र बार्षिक परिक्षा नजिकिदै गर्दा विज्ञान विषयकै शिक्षक नहुँदा विद्यार्थीहरुको पठनपाठनमा गम्भिर असर परेको छ ।


    विज्ञापन खुलाएपछि ३ जनाको आवेदन परेकोमा हाल सम्म छनोट प्रकृया अगाडि नबढेको प्रधानाध्यापक सरस्वती श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाबाट विद्यालयमा अनुगमनका लागि पुगेका बखत छिटो भन्दा छिटो छनोट प्रकृया सकिदिन आग्रह गरेपनि हाल सम्म सुनुवाई नभएको श्रेष्ठको भनाई छ । पटक पटक यस बारेमा नगरपालिकामा आग्रह गरेपनि हाल सम्म शिक्षक पदपुर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।


    वडा नम्बर ४ मा रहेको दाउन्नेदेवी माध्यमिक विद्यालयमा निमावि तहमा सामाजिक विषयको दरबन्दी खाली रहे पनि अंग्रेजी विषयको शिक्षक ल्याउने निणर्य भएको छ । संघीय शिक्षा ऐनमा जुन विषयको दरबन्दी खाली भएको त्यहि विषयमै शिक्षक राख्नुपर्ने ब्यबस्था भए पनि नगर प्रमुखको संयोजकत्वमा रहेको शिक्षा समितिले निणर्य नै गरेर निमावि अंग्रेजी विषयको शिक्षक राख्ने सहमति भएको स्रोतले बताएको छ । अखण्ड आधारभुत विद्यालय, दिब्यज्योति माध्यमिक विद्यालयमा पनि शिक्षक पदपुर्ति गर्नुपर्ने छ ।


    बर्दघाट नगरपालिका शिक्षा युवा तथा खेलकुद विकाश शाखाका प्रमुख तथा उपसचिव लोकराज पन्थीलेशैक्षिक सुधार गर्नका लागि सिकाई उपलब्धि आवश्यक रहेको तर्क गर्नुहुन्छ । पन्थीले शिक्षक पदपुर्तिको काम प्रक्रियामा रहेको दावी गर्नुभयो । तर, यस अघि सिकाई उपलब्धि मापनमा देखिएको कमजोर नतिजाले सिकाई उपलब्धिको स्तरलाई समेत उजागर गर्दै आएको छ ।

    शिक्षा ऐन संसोधनको कारण देखाई विज्ञ छनोटमा आलटाल-
    नगर भित्रका विद्यालयमा शिक्षक पदपुर्तिका लागि विज्ञापन प्रकाशन भैसकेपनि शिक्षक छनोटका लागि विषय विज्ञ छनोट गर्ने कार्यमा ढिलाई भएपछि महिनौ देखि शिक्षक पदपुर्ति गर्न सकिएको छैन । नगरपालिकामा विगतमा विषय विज्ञ छनोटका लागि अपनाउँदै आएको विधि प्रति जनप्रतिनिधि सहमत नभएका कारण छनोटमा समस्या भएको हो ।

    जनप्रतिनिधिले आफुखुसी विज्ञ छनोट गरी आफु अनुकुलका शिक्षक राख्नका लागि विगतको प्रकृया बाधक बन्ने देखिएपछि अहिले आफैहरुले विज्ञ छनोट गर्न पाउनुपर्ने आसय देखाएको स्रोतले दावी गरेको छ । हाल रहेको नगर शिक्षा ऐनमा शिक्षक पदपुर्तिको विषयमा बाझिनेखालको अवस्था नरहे पनि शिक्षा ऐन संसोधन प्रकृयामा रहेको कारण देखाएर शिक्षक पदपुर्तिमा आलटाल गर्दा सामुदायिक विद्यालयको पठनपाठमा गम्भिर असर परेको छ ।


    शिक्षा ऐन संसोधन भएपछि समस्या समाधान हुन्छ – नगर प्रमुख श्रेष्ठ
    शिक्षा समितिका संयोजक समेत रहेका नगर प्रमुख शम्भुलाल श्रेष्ठले छिट्टै समस्या समाधान हुने दावी गर्नुहुन्छ । नगर शिक्षा ऐन हाल संसोधनको क्रममा रहेको छ, यो ऐन जारी नगरसभा बाटै पारित गर्ने तयारी छ त्यसपछि समाधान हुन्छ, श्रेष्ठको भनाई छ । ऐनमा के के कुरा संसोधन हुँदैछ भन्ने बारेमा भने उहाँले खुलाउन चाहनु भएन । हाल रहेको ऐनमा त्यस्तो के कारण छ जसले शिक्षक पदपुर्तिमा समस्या ल्यायो र संसोधन पश्चात के ब्यबस्था कायम गरेर निकास दिनुहुन्छ भन्नेमा भने नगरप्रमुखको प्रष्ट जवाफ आउन सकेन् ।


    सामुदायिक विद्यालयलाई भर्ती केन्द्र बनाउन खोज्दा समस्या – नगर उपप्रमुख उपाध्याय
    सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार हुन नसक्नुमा मुख्य कारण भर्तिकेन्द्र बनाउन खोज्नु रहेको नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय बताउनुहुन्छ । उहाँले नगर भित्रका विद्यालयमा आफू अनुकलका शिक्षक कर्मचारी राख्न र भर्तीकेन्द्र बनाउनका लागि समुह नै लागि परिरहेको दावी गर्नुभयो । उहाँले शैक्षिक सुधारमा काम गर्नका लागि कतिपय विद्यालयका प्रधानाध्यापकहरु जिम्मेवार बन्न नसकेकोले प्रधानाध्यापक हेरफेर गर्नुपर्ने बारेमा शिक्षा समितिको बैठकमा कुरा उठाउँदै आएको जानकारी दिनुभयो ।


    विद्यालयमा हुने अनुगमन बढी मात्रामा भौतिक पुर्वाधारको पक्ष तर्फ मात्र केन्द्रित हुने गरेको छ । शैक्षिक गुणस्तरको अवस्था सुधारका लागि खासै अनुगमन हुन नसक्दाँ शैक्षिक गतिबिधि सुधार हुन सकेको देखिदैन् । नगर उपप्रमुख उपाध्यायले शैक्षिक गतिबिधि अर्थात पठन पाठनको अनुगमनमा खासै ध्यान दिने नगरेको सरोकारवालाहरुको आरोप छ ।


    अनुगमनलाई प्रभावकारी बनाउन र सुधारको पक्षलाई कडाईका साथ लागु गर्न उपप्रमुखको तदारुपता नदेखिएको गुनासो अभिभावकहरुको छ । हामीले उहाँबाट अलि बढि अपेक्षा गरेका थियौं तर उहाँ पनि कता कता हराउनुभएको जस्तो लागेको छ खासै परिवर्तनको आभास गर्न पाएका छैनौ – एक अभिभावकले भने । उपाध्याय भने आफुले नियमित रुपमा अनुगमन गर्ने गरेको र विद्यार्थीहरुको सिकाईको स्तर मापन गर्नका लागि विभिन्न कार्यक्रम गरिरहेको जिकिर गर्नुहुन्छ । विद्यालयका प्रधानाध्यापकहरु फाईल बोकेर नगरपालिका धाउने कार्यको आगामी बर्ष देखि अन्त्य हुनेगरी कार्य अगाडि बढाईएको उहाँको भनाई छ ।


    सामाजिक विकास समिति संयोजक गुरुङ्ग भन्छन् – विज्ञ छनोटको कार्यविधी नबन्दा समस्या

    सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङ्गले नगरपालिकामा अहिले सम्म विज्ञ छनोटका लागि कुनै कार्यविधि नभएको जानकारी दिनुभयो । अहिले कार्यविधि निर्माणका लागि प्रयास भैरहेको र नगरसभा सके लगत्तै कार्यपालिकाबाट कार्यविधि पास गरेर सबै विद्यालयमा देखिएका समस्या हल गरिने गुरुङको कथन थियो ।

    Post Views: 105

    प्रकाशित मिति: २०७९ फाल्गुन २, मंगलवार १२:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२
    पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन
    मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न
    ताजा अपडेट
    • १. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    • २. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ५. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    चर्चित
    • १. राष्ट्रिय भूमि अधिकार मञ्च नवलपरासीद्वारा उम्मेदवार विनोद चौधरीलाई दियो ध्यानाकर्षणपत्र

    • २. ‘ठेकी’ चुनाव चिन्हसहित पत्रकारिताबाट राजनीतिमा, सुशासन र युवामुखी एजेण्डाको दाबी

    • ३. मच्छापुच्छ्रे IB वर्ल्ड स्कूल, कुसुन्तीमा कक्षा २ को क्लास डे कार्यक्रम २०८२ सम्पन्न

    • ४. पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न, बालुवाटार क्रिकेट एकेडेमी च्याम्पियन

    • ५. भी.एस. निकेतन माध्यमिक विद्यालयले आयोजना गर्यो ट्यालेन्ट हन्ट २०८२

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.