
सुनवल । प्रगति माध्यमिक विद्यालय सुनवल ९ स्वाठीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समिर खान चयन हुनुभएको छ । विद्यालयमा आज सम्पन्न भेलाले आगामी ३ वर्षको कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खानलाई सर्वसम्मत चयन गरेको हो ।


यस्तै विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा क्रमशः नजामुदिन पठान, पदम बहादुर कुवर, सरिता धरिकार, गौतम परियार , प्रियङ्का चौधरी र पुनम जैसवाल चयन हुनु भएको नवनिर्वाचित अध्यक्ष खानले जानकारी दिनुभयो ।



