न्यूज फायर, सुनवल। विरोधका बीच सुनवल नगरपालिकाको १२ औं नगर सभा सम्पन्न भएको छ। नगर सभामा नगर प्रमुख विमला अर्यालले पेस गर्नु भएको तुरिया खोलाको टेन्डर सम्वन्धी विशेष प्रस्ताव विरोध का बीच पारित भएको हो।


तुरिया खोलामा नदिजन्य पदार्थ उत्खननका लागि टेण्डर प्रक्रिया नगराई सोझै वुटवल नारायणघाट सडक निर्माणको जिम्मा पाएको चिनिया कम्पनीलाई दिने विषय प्रति उप प्रमुख सुर्य दुवे ले समेत असन्तुष्टि जनाउनु भएको थियो । यस्तै सुनवल वडा नं ११ का वडा अध्यक्ष कमल प्रसाद चुवाई, १२ का चूरामनी पाैडेल, २ का राजेन्द्र यादव र ७ का वडाअध्यक्ष नारायन प्रसाद आचार्यले विरोध जनाउनु भएको थियो।

नगरसभामा नगर प्रमुख विमला अर्यालले नदिजन्य पदार्थ नगरपालिकाको आन्तरीक आयस्रोतको प्रमुख स्रोतको रुपमा रहेकाले बैज्ञानीक व्यवस्थापन गर्ने गरी चिनिया कम्पनीलाई दिन लागिएको बताउनुभएको छ । उहाले चिनिया कम्पनीले आफुहरुले तोकेको मुल्यमा ठेक्का लिन सहमति व्यक्त गरेकाले निणर्यका लागि नगरसभामा पेश गर्नुभएको थियो ।
सो क्रममा जनप्रतिनिधिहरुले पुर्व कार्यपालिका वैठकमा छलफल नभई एक्कासी नगरसभामा यस विषय निणर्यका लागि पेश गरिएकाले असन्तुष्टि जनाएका थिए ।
यद्धपि १२ औं नगरसभाले २ वटा नया विधेयक र अन्य २ वटा विधेयक संशोधन गर्दै बहुमतले पारित गरेको छ । नगरसभामा सामाजिक बिकास समिती संयोजक भगवती बस्यालले पेश गर्नुभएको स्वास्थ्य बिद्येयक २०७९, खानेपानी तथा सरसफाई सम्बन्धी ऐन २०७७ प्रथम संशोधन बिधेयक नगरसभामा बहुमतले पारित भएको छ ।
यस्तै आर्थिक बिकास समितीका संयोजक देव गुरुङ्गले पेश गर्नुभएको सहकारी ऐन, २०७५ को प्रथम संशोधन बिद्येयक र भू-उपयोग योजना, २०७९ बिद्येयक पनि बहुमतले पारित भएको छ । नगरसभाले लेखा समितीका सदस्य सचिव राजेन्द्रप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको लेखा समितीको प्रतिबेदन पनि बहुमतले पारित गरेको छ ।
नगरसभामा नगरप्रमुख बिमला अर्यालले प्रस्तुत गरेको पाँच बर्षे योजना तथा लक्ष्य समेत नगरसभामा बहुमतले पारित भएको थियो ।
नगर सभामा नगर उपप्रमुख सुर्य प्रसाद दुवेले चालु आवमा नगरको कुल बजेट १ अर्व १८ करोड १८ लाख ६३ हजार ७०२ रहेकोमा नगरपालिकामा हालसम्म चालु तर्फ २१ करोड ८४ लाख ९३ हजार अर्थात् ४१ प्रतिशत र पूजीगत तर्फ २२ करोड ६ लाख १३ हजार रुपैँया अर्थात् ३३ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो ।
सुनवल नगरपालिकाले हालसम्म ७४ वटा कानून निमाणर् गरेको र यस आर्थिक बर्षमा १६ वटा कानून निर्माण गरी कार्यन्वयन रहेको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरामिनीले जानकारी दिनुभयो ।
सभामा सुनवल नगरपालिकामा हाल २४ करोड ३१ लाख ७० हजार ९८५ वेरुजु रहेको जानकारी गराइएको थियो ।



