• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

चिसापनी अस्पतालको विकास गर्न चौधरी फाउण्डेसन संग सम्झौता

  •  
  • २०७९ फाल्गुन ११, बिहीबार १०:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    एस गौतम, नवलपरासी पश्चिम । चौधरी फाउण्डेसन र चिसापानी अस्पतालबीच अस्पतालको सेवा स्तरोन्नती एवं विस्तार गर्न समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको चिसापानी अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पतालका रुपमा विस्तार गर्न दुईपक्षवीच सम्झौता भएको हो ।

    नवलपरासी (पश्चिम) जिल्लामा सुविधासम्पन्न अस्पताल नहुदा यहाँका वासिन्दाले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन् । सामान्य विरामी हुदा समेत यहाँका वासिन्दालाइ उपचारका लागि बुटवल र भैरहवा जानुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्यका लागि चौधरी फाउण्डेसनले चिसापानी अस्पताललाई रिफरल अस्पतालका रुपमा विकास गर्न पहल लिएको हो ।

    फाउण्डेसन र अस्पतालबीच भएको सम्झौता अनुसार अस्पतालमा सहज र झन्झटमुक्त आपतकालीन र अन्य सेवाहरू सुनिश्चित गरिनेछ । सात वटा क्षेत्रमा अस्पतालको स्तरोन्नतिका काम हुनेछन्, जसबाट विरामीहरुले स्थानीय तहमै भरपर्दाे स्वास्थ्य सेवा पाउनेछन् । अस्पतालमा २४ सै घण्टा ल्याब सुविधा उपलब्ध हुने, शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना गरिन् र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिने सम्झौता पत्रमा उल्लेख छ ।

    यसैगरि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू गर्ने, आर्टिफिसियल लिम्ब (कृत्रिम हातखुट्टा) सेवा उपलब्ध गराउने र आगामी ४ वर्षभित्र अस्पताललाई आत्मनिर्भर बनाउने दुई पक्षबीच समझदारी भएको छ । अस्पताललाई रेफरल अस्पतालका रुपमा विकास गर्नको लागि वित्तीय योजना तयार गर्ने पनि सझदारी भएको छ । अस्पतालमा स्त्री रोग विशेषज्ञ, सर्जन, प्रोस्थेटिस्ट, सामान्य सेवा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिका, जनप्रतिनिधि, फाउण्डेसनका प्रतिनिधि, अस्पताल प्रशासन सबैको प्रतिनिधित्व रहने गरी समिति गठन हुनेछ ।

    अस्पतालमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद विनोद चौधरीले आफु निर्वाचन भएको देखि नै यस क्षेत्रको विकास निर्माणको खाका तयार गर्न लागि परेको बताए । यस अस्पताललाई तिन महिनाको समय लगाएर आफ्नो टिमले अस्पताल विकासको प्रष्ट खाका तयार गरेर संरक्षणमा आफु लागेको बताए । उनले अबका दिनमा गफ गरेर मात्र विकास नहुने भएकाले कोरिएको खाकालाई विकास निर्माणमा लागूगर्ने तर्फ आफू उन्मुख भएको बताए । उनले यस अस्पताललाई रिफरल सेन्टरको रुपमा विस्तार गर्ने र ४ वटा पालिकालाई पाएक पर्ने स्थानमा छुट्टै अस्पताल निर्माण गर्ने तर्फ आफुले कदम चाल्ने जानकारी दिए ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका पूर्व अध्यक्ष शेर बहादुर आचार्यले स्थापन काल देखि नै सेवामा भन्दा पनि राजनीतिक विषय बन्दै आएको हुदाँ अस्पतालको यो अवस्था आएको भन्दै अबका दिनमा अस्पतालमा राजनीति भन्दा पनि स्थानीयले सेवा कसरी पाऊँछन भन्ने तर्फ उन्नमुख भए अस्पतालले प्रगति गर्ने तर्फ कुनै दुविधा नभएको बताए । उनले अस्पतालले सुरुवाती चरणमा भोग्नुपरेको व्यथालाई अबका दिनमा मार्गदर्शनको रुपमा प्रयोग गुर्नपर्ने विचार व्यक्त गरेका थिए ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले छोटो समयमा अस्पताल विकासमा जसरी निर्णय गरेर अघि बढियो यहि मर्मका साथ सबै सरोकारवालाहरु एकजुट भएर लागिपर्नुपर्ने बताएका थिए । उनले जति धेरै स्थानिय र स्थानिय सरकार संवन्धीत विषयमा लागि पर्दछ त्यसै अनुसार कामले रुप लिदै प्रतिफल प्राप्त गर्न सकिन्छ । त्यसैले सबैजना एकजुट भएर अस्पताल विकासमा अगाडी बढ्न सबैलाई आग्रह गरेका थिए ।

    त्यस्तै अस्पतालका मेसु पवन अग्रहरीले चौधरी फाउण्डेसन संगको सहकार्यमा छिट्टै स्थानियले राहत मसहुस गर्नेमा आफु विस्वस्त भएको बताए । उनले जसरी चौधरी फाउण्डेसनले छोटो समयमै अस्पताल सुधारका निम्ती खाता तयार गरेको छ त्यही अनुरुप सञ्चालनमा पनि तदारुक हुने कुरामा आफु विस्वस्त भएको बताए ।

    अस्पताल सञ्चालन सम्झौताकोे अध्यक्षताको हैसियतले समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शम्भुलाल श्रेष्ठले निर्वाचनको समयमा गरिएको बाचाँ देखिन केहि समयलागेपनि आफुहरु लागि परिरहेको बताए। अबका दिनमा चिसापानी अस्पतालले दिने सेवा सुविधाका कारण अस्पताल विकासमा थप टेवा पुग्ने र स्थानियले राहत महसुस गर्ने कुरामा आफु विस्वस्त रहेको बताए । उनले बर्दघाटमा बन्ने भनेको ट्रमा सेन्टरकालागि पनि पहल भैहरेको बताए ।

    अबको ४ बर्ष सम्म लागुहुने अस्पताल विकास कार्यक्रम सम्झौतामा अस्पतालका तर्फबाट मेसु पवन अग्रहरी र चौधरी फाउण्डेसनका तर्फबाट मेरिना रंजितले हस्ताक्षर गरेका छन ।

    Post Views: 231

    प्रकाशित मिति: २०७९ फाल्गुन ११, बिहीबार १०:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.