• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवल लोटस इंग्लिस सेकेन्डरी स्कुलले मनायो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस

  •  
  • २०७९ फाल्गुन १३, शनिबार १८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पुजा लम्साल,सुनवल। पश्चिम नवलपरासीको सुनवल ४ बनाहामा अवस्थित सुनवल लोटस इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो २० औं बार्षिक उत्सव तथा अभिभावक दिवस एबम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

    विद्यालय सञ्चालक समिति अध्यक्ष सञ्जय कुमार श्रेष्ठको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बालकृष्ण पङ्गेनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पंगेनीले अभिभाबकको सानो गल्तीले बालबालिकाको भबिस्य बिग्रिने हुँदा सचेत हुनु पर्ने बताउनुभयो। उहाँले बिद्यालयको सफलताको कामना गर्दै आवश्यक कुरामा आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा विशिष्ठ अतिथि सुनवल वडा नं १ का वडा अध्यक्ष मान बहादुर थापाले आगामी दिनमा वडाबाट छुट्टिने रकम वडाका सम्पूणर् विद्यालयमा वितरण गरिने बताउनु भयो । उहाले निजी विद्यलयहरुलाई आँच आउने तरिकाले स्थानिय सरकार नरहेको स्पष्ट पार्नुभयो । स्थानिय सरकार आए पछि सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएको वडाध्यक्ष थापाको भनाई थियो ।

    यस्तै सुनवल प्याव्सन अध्यक्ष एबम् द पाइनीयर मावि सुनवलका प्रिन्सिपल कृष्ण प्रसाद शर्माले बालबालिकाले विद्यालयमा भन्दा घरमा धेरै समय बिताउने भएकाले अभिभाबक जुन रूपमा प्रस्तुत हुन्छन् सोही कुरा बालबालिकाले अनुसरण गर्ने हुँदा घरमा गरिने हरेक क्रियाकलाप राम्रो हुनु पर्ने बताउनुभयो । उहाले पछिल्लो समय  संस्थागत विद्यालयलाई हेर्ने नजर फरक हुँदै गए पनि अझै पूणर् रूपमा समान हुन नसकेको गुनासो गर्नु भयो ।

    कार्यक्रममा प्याप्सन प्रदेश सचिव एबम् सुनवल यूनाइटेड इंग्लिस बोर्डिङ सेकेन्डरी स्कुल सुनवलका प्रिन्सिपल  धनराज चापागाईले समय व्यवस्थापन महत्वपू्णर् कुरा भएकाले अभिभावकले विशेष निगरानी गर्नुपर्ने बताउनुभयो । उहाँले अरूको देखासिकी गरेर मात्र नहुने भएकाले माध्यमिक तहमा बालबालिकालाई  विषय रोज्ने कुरामा जबर्जस्ती नगर्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीको रुचि, क्षमता अनुसार विषय रोज्नुपर्ने उहाको भनाई थियो । त्यस्तै उहाले शिक्षा सँगै अभिभावकले वालबालिकाको खानपानमा पनि विशेष ध्यान दिनु पर्ने बताउनुभयो।

    कार्यक्रममा बिद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य, समसामयीक जनचेतनामुलक नाटक, वक्तृत्वकला, लगायतका प्रस्तुति प्रस्तुत गरेका थिए । सो अवसरमा शैक्षिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


    सञ्चालक सदस्य नारायण ढकाल र विद्यार्थी विराज भट्टको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक संयोजक शिक्षक रोशन श्रेष्ठ र शिक्षिका सरिता घिमिरेले गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल नरिश्वर पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वि.स. २०५९ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म अध्यापन हुने र हाल करिब सात सय विद्यार्थी अध्यनरत रहेका प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो।

    Post Views: 136

    प्रकाशित मिति: २०७९ फाल्गुन १३, शनिबार १८:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.