• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न “बर्थिङ सेन्टर” सञ्चालनमा

  •  
  • २०७९ फाल्गुन २४, बुधबार १५:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवा स्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता गाउँपालिकाकाबीच पक्लीहवा स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा स्वास्थ्य उपकरण हस्तान्तरण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।


    सुस्ता गाउँपालिकामा आयोजित कार्यक्रममा फाउण्डेसनकी सचिव सारिका चौधरी र गाउँपालिकाकातर्फबाट पालिका अध्यक्ष टेकनारायण उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।


    बर्थिङ सेन्टर सञ्चालनमा आएपछि जिल्लाको ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूले सहज रुपमा गुणस्तरीय सेवा पाउने सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले विश्वास व्यक्त गर्नुभयो ।


    फाउण्डेसनले नवलपरासीमा लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सहयोग पुर्‍याउदै आएको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने चौधरी फाउण्डेसनका सचिव सारिका चौधरीले बताउनुभयो । “बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएपछि यहाँका महिला र बालबालिकाको स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो ।


    सुस्ता गाउँपालिका अन्तर्गत वडा न. ५ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आउने भएको हो । प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार सन्तुले सुस्ता गाउँपालिकाको सबैभन्दा विकट क्षेत्र मानिने पकलीहवा क्षेत्रका महिलाहरुको अब स्वास्थ्य सेवामा सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।


    पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र न १ बाट निर्वाचित सांसद विनोद चौधरीको सक्रियतामा बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएको हो । उहाँले निर्वाचनमा प्रत्येक नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।

    सम्झौता अनुसार फाउण्डेसनले स्वास्थ्य केन्द्रका लागि एक जना एमबीबीएस चिकित्सक, एक जना अनमीको खर्च र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने भएको हो । सम्झौता अनुसार गाउँपालिकाले प्रत्येक वडामा नियमित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेछ ।


    सम्झौता कार्यान्वयनमा आएको मितिदेखि चौधरी फाउण्डेसन र सुस्ता गाउँपालिका दुबै बर्थिङ सेन्टरको स्तरोन्नति र सुदृढिकरणका लागि संयुक्त रुपमा काम गर्नेछन् ।

    Post Views: 140

    प्रकाशित मिति: २०७९ फाल्गुन २४, बुधबार १५:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.