४ अशोज २०८३, आइतवार

प्याब्सन नवलपरासीद्वारा एकदिने स्क्रावेल ओरेन्टेशन

न्यूज फायर,नवलपरासी । प्याव्सन नवलपरासीको आयोजनामा आज सुनवलमा एक दिने स्क्रावेल ओरेन्टेसन कार्यक्रम सम्पन्न भएको छ । प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौति यादवको प्रमुख आतिथ्यतमा सम्पन्न कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य सन्तोष अधिकारी, प्याव्सन लुम्विनी प्रदेश सचिव धनराज चापागाई, उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य लगायतको आतिथ्यता रहेको थियो ।

अर्जुन पाण्डेले प्रशिक्षण दिनुभएको कार्यक्रममा जिल्लाका प्याब्सनमा आवद्ध विद्यालयका ३४ शिक्षक र ६८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

स्क्रावेल अंगे्रजी अक्षरहरुलाई मिलाएर नया र लामो शब्द निर्माण गरी अंक प्राप्त गर्ने एक खेल हो । पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयहरुमा यस सम्बन्धि तालिम सञ्चालन गर्ने गरिएको छ । यसको थप बृद्धि विकास गरी विद्यार्थी सहभागि गराउने र राष्टिय तथा अन्तराष्टिय स्तरमा प्रतिष्पर्धाका लागि विद्यार्थीलाई सक्षम बनाउने कार्यक्रमको उदेश्य रहेको सुनवल युनाईटेड इंलिस बोर्डिगं स्कुलका प्रिन्सिपल तथा प्याव्सन लुम्विनी प्रदेश सचिव धनराज चापागाइले जानकारी दिनुभयो ।

कार्यक्रम संयोजक कृष्ण प्रसाद शर्माको स्वगत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव वेनीराम भुषालले गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार