७ कार्तिक २०८३, शुक्रबार

महाकवि देवकोटा क्याम्पसमा महिला हिंसा तथा साईवर अपराध सम्वन्धी सचेतना

सुनवल । महाकवि देवकोटा क्याम्पस सुनवलमा आज महिला हिंसा तथा साईवर अपराध सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस संचालक समिति अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता तथा सुनवल नगरपालिका प्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अर्यालले समृद्ध सुनवल सुखी सुनवल वासी भन्ने नगरको अभियानलाई सफल बनाउन विद्यार्थीहरुको अहम भुमिका रहने बताउदै यस अभियानमा साथ दिन आग्रह गर्नुभयो ।

उहाले युवाहरु देशको निर्माता भएकाले सामाजिक विकृतिका विरुद्ध लाग्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेले महिला हिंसा र साईवर अपराध सम्वन्धी कानुनी प्रावधान, समस्या र सामाधानका उपायहरुका वारेमा सचेतना प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा सुनवल वडा नं ४ का वडाध्यक्ष वालकृष्ण पंगेनी, ईलाका प्रहरी कार्यालय सुनवलका ईन्स्पेक्टर विष्णु पौडेल, क्याम्पसका शिक्षक शिक्षिका तथा स्नातक तहका विविए र वि.आई.सि.टि.ई मा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक हरिदत्त शर्माले गर्नुभएको थियो ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार