१ अशोज २०८३, बिहिबार

लागुऔषधको खुलेआम कारोबार,१४ किलो गाँजा सहित महिला पक्राउ


परासी,मंसिर ०९ । पश्चिम नवलपरासीको रामग्रामबाट प्रहरीले लागुऔषध गाँजा सहित एक जना महिलालाई पक्राउ गरेको छ । परासी भुमही सडक खण्ड अन्र्तगत रामग्राम १२ पचगावा गाँउबाट झन्डै १४ किलो गाँजा प्रहरीले बरामद गरेको हो । स्थानिय ५० वर्षिय रेशमा देबी राजभरलाई १३ किलो ८८० ग्राम गाजा सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अवैध रुपमा लागुऔषध लुकाई छिपाई राखेको भन्ने सुुचनाको अधारमा प्रहरी निरिक्षक राजाराम यादवको कमाण्डामा खटिएको प्रहरी टोलीले खानतलासि गर्ने क्रममा जेब्रा झोलामा लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीले भरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । सो गाँउमा लामो समयदेखि लागुऔषधको खुलेआम कारोबार हुने गरेको बताईएको छ । स्थानिय बालबालिका, महिला देखि वृद्धवृद्धा सम्म लागुऔषध कारोबारमा संलग्न रहेको पाईएको छ तर प्रहरीले आवश्यक सक्रियताका साथ नियन्त्रणको काम भने गर्न सकेको छैन् ।

लागुऔषध विरुद्धको सचेतना अभियानलाई व्यापक बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएपनि यसमा स्थानिय तहले पनि खासै ध्यान दिएको पाईदैन।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार