१ अशोज २०८३, बिहिबार

लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति


मंसिर ०९ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभएको छ ।

सहकारी बचत अपचलन, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर प्रहरीले लामिछानेलाई पोखरा पुर्‍याएपछि आज पाँचौं पटक म्याद थप भएको हो ।

यसअघि लामिछानेमाथि अनुसन्धान गर्न कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । अदालतले प्रहरीलाई पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन, तेस्रो पटक १० र चौथो पटक १३ दिनको समय दिएको थियो ।

लामिछानेलाई प्रहरीले रुपन्देही लगेरसमेत बयान लिइसकेको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाण्डौबाट समेत पक्राउ पूर्जी जारी भएको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार