• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लुम्बिनी प्रदेशसभा बैठक नयाँ भवनमा बस्ने, सांसदलाई प्रदेश प्रमुखबाट सपथ

  •  
  • २०७९ पुष ६, बुधबार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल ,६ पुष
    लुम्बिनी प्रदेशसभाको अवको पहिलो बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको र पहिलो बैठक नै यही भवनमा बस्ने गरी प्रदेशसभा सचिवालयले काम अगाडि बढाएको छ ।
    राप्ती गाउँपालिका-३ लालमटियामा निर्माण भैरहेको प्रदेश सभा भवनको पूर्वाधार निर्माणको काम करिव सकिइसकेको छ । ‘पूर्वाधार निर्माणको काम लगभग सकिएको छ,’ प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, ‘अब अन्य सानातिना काम बाँकी छन् ।’
    राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् । नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा सपथग्रहण गर्ने तयारी भइरहेको छ ।
    केसीका अनुसार विद्युत् जोड्ने, रंगरोगन, एसी राख्ने, टेबुल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । भवन वाइबी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको थियो । प्रदेश सभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि १४ वटा कोठा बनेका छन् । प्रदेशसभा भवनको लागत एक अर्ब २० करोड रहेको छ ।
    प्रदेश सभा भवनभित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने बाँकी छ । विद्युत जोडिएको छ । रंगरोगन भइसकेको छ । अब बाँकी एसी राख्ने, टेबल, कुर्सी, कार्पेट विछ्याउने, प्रदेशसभालाई चाहिने माइक्रोफोन राख्नेलगायतका डेकोरेसनको काम बाँकी छ । त्यो सबै जिम्मा प्रदेश सभाले लिएको छ ।
    पुस तेस्रो सातासम्ममा बैठक बस्ने गरी तयारी थालिएको छ । आन्तरिक मामिला कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी हाल काठमाडौं रहेको र उनी फर्केपछि मन्त्रिपरिषद् बैठकले यससम्वन्धी आवश्यक निणर्य गर्नेछन् । लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुखले सपथ गराउने छन् । प्रदेश सभा नियमावली २०७९ को नियम ४ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरिसकेपछि सदस्यहरूको सपथ हुनेछ ।

    Post Views: 80

    प्रकाशित मिति: २०७९ पुष ६, बुधबार ११:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनवल नगर क्षेत्रमा दिइयो करिव ५ सय सुधारिएको चुल्हो
    युनि कन्सल्ट्यान्स अलायन्सको पाँचौँ साधारण सभाले नयाँ योजनासहित अगाडि बढ्ने घोषणा
    नवलपरासी सीमाक्षेत्रमा तस्करसंग प्रहरीको मध्यरातमा भिड़न्त: २ राउण्ड हवाई फ़ायर
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.