नवलपरासी ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा न. ४ मा यही पौष ९ गतेदेखि सञ्चालन हुने वडास्तरीय प्रथम वडा अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको सम्पुणर् तयारी पुरा भएको छ । सुनवल वडा नम्बर ४ मच्छरमाराको खेल मैदानमा आगामी पौष २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पुणर् तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा युवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोतmा समितीका अध्यक्ष कृष्ण बहादुर कण्डेलले सुनवल नगरपालिकाका १३ वडाबाट ’समुह ए’ र ’ समुह बि’ गरी १४ टिम सहभागी हुने जानकारी दिनुभयो । अध्यक्ष कण्डेलका अनुसार प्रतियोगिताको बिजेता समुहले ५१ हजार रुपैयाँ नगद र उपबिजेता समुहले ३१ हजार रुपैयाँ नगद प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेल प्रदर्शन गर्ने समूहलाई केही नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपारले मेडल, प्रमाण पत्र र केही नगद रकम प्राप्त गर्ने छन् ।
सुनवल नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण पगेंनीले युवाहरुलाई खेल प्रति प्रोत्साहन र उत्कृष्ठ खेलाडीको छनौटको लागी प्रतियोगिता सन्चालन गरिएको बताउनुभयो ।
सुनवल नगरपालिकाको वडा नम्वर ४ वडा कार्र्यालयले सो प्रतियोगिताको लागि ३ लाख रुपैयाँ बजेट छुट्याएको छ भने प्रतियोगिताको सह आयोजक युवा लक्षित शसक्तिकरण तथा खेलकुद कार्यक्रम उपभोतmा समितिले अन्य नपुग रकम सहयोग गर्ने छ ।





