• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

गण्डक नहर मर्मतमा गाउँपालिकाको लगानी

  •  
  • २०७९ पुष ८, शुक्रबार १३:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+


    वेचु गौड,नवलपरासी ।
    सुस्ता गाउपालिकाले किसानलाई सिचाई सुविधामा सहज होस भनेर गण्डक नहरमा लगानी गरेको छ । किसानलाई जेबाट सजिलो सुविधा हुन्छ, त्यसै क्षेत्रमा लगानी गर्नु पर्ने मान्यताले सुस्ता गाउपालिकाले गण्डक नहरको प्रशाखा मर्मतमा लगानी गरेको हो । धेरै पालिकाले सिचाईको नाममा बोरिङ, पम्पिङसेट लगायत अन्य सिचाई पूर्वाधारमा रकम खर्चने तथा गण्डक नहरको शाखा प्रशासनको मर्मतका कुरा आउँदा गण्डक परियोजनाले बनाउने भन्दै तर्कने गरेका छन् । तर सुस्ता गाउँपालिका भित्र पर्ने गण्डक नहर अन्तरगतको पिपरपाती प्रसौनी नहर सिचाई प्रणालीबाट सुस्ताको कुडिया गाँउका किसानलाई सिचाई गर्ने प्रशाखा नहरको सफाई र मर्मतमा लगानी गरेको हो । करिब १० लाखको लागनीमा सो नहर प्रणालीबाट कुडिया गाँउ तर्फ जाने रुपौलिया पुल नजिकै भत्किएको अवस्थामा रहेको प्रशाखा नहर मर्मत गराउन थालेको गाउपालिकाले जनाएको छ ।
    “गण्डक परियोजनालाई प्रशाखा मर्मतका लागि कुर्ने हो भने बर्षौ लाग्न सक्छ”-गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने,“तत्कालै किसानलाई सिचाई सुविधा पुर्याउनका लागि गाउँपालिकाले नै मर्मत गरिदिएपछि मुल नहरबाट किसानले सजिलै पानी खेतमा लगेर सिचाई गर्न पाउँछन् । “स-सानो लगानी गरेर किसानलाई तत्काल राहत पुर्याउने हो”-उनले थपे,“सबै कुरा परियोजना कार्यालयको पर्खाईमा गाउपालिका बस्ने होईन्, ढिलो भयो भने आखिरमा आफ्नै गाउपालिकाका जनताले दुःख पाउने हुन्, सिचाई नभएर उत्पादन ह्रास हुन्छ, त्यसले किसानको घाटामा मात्रै नभई राष्ट्रिय घाटा हो ।”
    “लगानी चाहे गण्डक परियोजना मार्फत होस वा गाउँपालिका मार्फत आउने स्रोत नेपाल सरकारबाटै हो”-गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले भने, “सुस्ता गाउपालिका गण्डक कमाण्ड क्षेत्र भित्र पर्ने गाउपालिका हो, भुमिगत सिचाई भन्दा गण्डक नहरबाटै यदि सिचाई सहज छ भने बोरिङ पम्पिङसेट भन्दा त्यही नहरको शाखा प्रशाखा मर्मत गरेर सिचाई गर्नु पर्छ । सतही सिचाईले जमिन भित्रको आद्रता कायम राखि रहन्छ, सिचाई लागत पनि कम पर्छ । यस्ले किसानको उत्पादन लागत घटाउनमा सहयोग गर्छ ।”
    सुस्ता गाउँपालिकाको गण्डक नहर प्रणालीमा लगानी सराहनीय भएको नेपाल गण्डक नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । सुस्ताले अन्यपालिकाका लागि उदाहरणिय कार्य गरेको देखाएको उनले प्रशंसा समेत गरे । गण्डक परियोजनाले मात्रै गण्डक क्षेत्रमा सबै शाखा र प्रशाखा, एफडी, एमएफडी सफाई गराउन एकै पटक सकिरहेको छैन् । मुल नहरमै सिचाई ब्यवस्थापन कार्यालय लािग परेको छ । उनले भारतीय नहरमा पानी नभए पनि नेपाली नहरमा पानी प्रवाह गराउद दुई बर्ष देखी सफल भएको बताए । सिचाई ब्यवस्थापन कार्यालय संघ सरकार अन्तर्गतको कार्यालय हो । “स-सानो कामका लागि पनि प्रकृया लामो गर्नु पर्छ, तर अहिले सुस्ता गाउँपालिकाले जुन किसानको प्रशाखा नहर मर्मतमा जुन सोचले काम गरेको छ, त्यो अति नै सराहनीय छ”-उनले भने ।
    नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली, पिपरपाती नहर सिचाई प्रणाली गरी १ हजार १ सय हेक्टर भन्दा बढी सिचित क्षेत्र भएको गण्डक कमाण्ड क्षेत्र जिल्लाको सुस्ता गाउँपालिका, प्रतापपुर गाउपालिका, वर्दघाट नगरपालिका, सरावल,गाउपालिका, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिका गरी जिल्लाको सात पालिका मध्ये ६ वटा पालिकालाई सिचाई गर्ने गरेको छ । तर पालिका स्तरबाट नहर संरचनामा लगानी गर्ने सुस्ता पहिलो गाउपालिका भएको प्रमुख शाहले बताए ।
    “संघ सरकार होस वा प्रदेश सरकार होस वा स्थानिय सरकारको रुपमा रहेका पालिकाहरु सबैले तिनै नेपाली किसानका लागि काम गर्छौ”- प्रमुख शाहले भने, “सबै सरकारले अपनत्व लिएर गण्डक सिचाई क्षेत्रमा गण्डक सिचाई प्रणालीलाई बलियो र ब्यवस्थित बनाउन सके भुमिगत सिचाईको भर पर्ने अवस्था आउँदैन ।” कार्ययोजना बनाएर पनि मुल नहर र शाखा नहर संघ सरकार, प्रशाखाहरु प्रदेश सरकार र एफडि, एमएफडिहरुको मर्मत सम्भारमा स्थानीय तहले काम गरिदिएमा किसानलाई राहत पुग्ने उनको भनाई थियो । यसको लागि समन्वय गर्न पनि आवश्यक देखिएको उनले बताए ।

    Post Views: 123

    प्रकाशित मिति: २०७९ पुष ८, शुक्रबार १३:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त
    नेपाल उद्योग परिषदले नवलपरासीमां ‘लगानीकर्तासँग अन्तरक्रिया गर्यों
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.