नवलपरासी । बर्दघाट नगरपालिकाले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म करिब डेढ करोड राजश्व संकलन गरेको छ । सो अवधिमा नगरपालिकाले १ करोड ४२ लाख ३२ हजार ३ सय ८९ रुपैयाँ राजश्व संकलन गरेको हो । मंसिर महिनामा मात्रै नगरपालिकाले ३० लाख ३७ हजार ९ सय रुपैयाँ संकलन गरेको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले सबैभन्दा बढी राजश्व सिफारिस दस्तुर मार्फत संकलन गरेको छ । सिफारिस दस्तुरबाट १० लाख ३८ हजार १ सय ४६ रुपैयाँ संकलन गरेको छ भने घरबहाल कर मार्फत ८ लाख २४ हजार ७ सय १७ रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै भुमिकर/मालपोतबाट ३ लाख ३ हजार ३ सय ७५ रुपैयाँ संकलन गरेको नगरपालिकाले सम्पति करबाट २ लाख ७ हजार ५ सय ९५ रुपैयाँ संकलन गरेको हो ।




