• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

पाल्ही बहुमुखी क्याम्पस पूर्व विद्यार्थी संघको प्रथम साधारणसभा मंसिर १५ गते हुँदै

  •  संवाददाता
  • २०८१ मंसिर ११, मंगलवार १७:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी। पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित जिल्लाकै पूरानो पाल्ही बहुमुखी क्याम्पसमा गठित पूर्व विद्यार्थी संघको प्रथम साधारणसभा यही मंसिर १५ गते हुने भएको छ । साधारणसभालाई सभ्य र भव्य बनाउन विभिन्न उपसमिति निर्माण गरि तयारी गरिएको संघले जनाएको छ ।

    पूर्व विद्यार्थी संघको आज क्याम्पसमा सम्पन्न बैठकले वार्षिक तथा आर्थिक प्रतिवेदन, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन, प्रचारप्रसार लगायतका उपसमितिहरु गठन गरी साधारणसभाको तयारीलाई तीव्रता दिएको संघका अध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । पाल्ही क्याम्पसमा अध्ययन गरेका पूर्व विद्यार्थीलाई संगठीत गर्दै क्याम्पसको बृहत्तर हितमा सहयोग गर्न गत वर्ष पूर्व विद्यार्थी संघ गठन भएको थियो । संघको तदर्थ समितिले प्रथम साधारणसभा गरी नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

    साधारणसभाको लागि संघका महासचिव सञ्जय कुमार शर्माको संयोजकत्व र सचिव पुरुषोत्तम ढकाल सदस्य रहेको प्रगति प्रतिवेदन लेखन उपसमिति,कोषाध्यक्ष नरेश कोँहारको संयोजकत्वमा सहकोषाध्यक्ष लक्ष्मी चौधरी मल्ल सदस्य रहेको आर्थिक प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष उत्तमा रायको संयोजकत्वमा अतिथि सत्कार तथा मञ्च व्यवस्थापन उपसमिति र वरिष्ठ उपाध्यक्ष बेचु गौडको संयोजकत्वमा मोहन पौडेल, सन्दिप बर्मा, सुग्रिम यादव, अरुणा पटेल लगायत सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

    पहिलो पटक साधारणसभा हुन लागेकोले पाल्ही क्याम्पसको स्थापनादेखि विभिन्न कालखण्डमा अध्ययन गरेका सम्पूर्ण पूर्व विद्यार्थीलाई सहभागि हुन संघले आग्रह गरेको छ । संघका अध्यक्ष भण्डारीको अध्यक्षता तथा क्याम्पसका अध्यक्ष राधेश्याम पाठकको प्रमुख आतिथ्यमा भएको उक्त बैठकलाई सम्बोधन गर्दै क्याम्पस अध्यक्ष पाठकले क्याम्पसको बृहत्तर विकासमा पूर्व विद्यार्थी पनि साझेदार रहेको बताउनुभयो ।
    अध्यक्ष पाठकले विगतको तुलनामा अथक मेहनत गरी क्याम्पसको भौतिक पूर्वाधार निर्माणमा उल्लेख्य प्रगति हासिल गरिएको बताउनुभयो ।

    परासीमा रहेको यो क्याम्पस जिल्लाकै गहना भएकोले यसलाई बचाई राख्नु सबैको दायित्व रहेको बताउँदै अध्यक्ष पाठकले क्याम्पसमा अहिले भौतिक पूर्वाधारसँगै विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको बताउनुभयो । अब क्याम्पसको गुणस्तरमा नमूना हुने गरी क्याम्पस अघि बढिरहेकोले क्याम्पसको बृहत्तर हितमा पूर्व विद्यार्थीहरुको भूमिका पनि अहम हुने अपेक्षा गरेको बताउनुभयो ।

    क्याम्पस प्रमुख दीपक अर्यालले क्याम्पसको शैक्षिक, भौतिक लगायतमा उल्लेख्य सुधार गर्दै गुणस्तर चिन्ह क्यूएए प्राप्तिको प्रक्रियामा रहेको जानकारी दिनुभयो । क्याम्पसमा हाल सुविधा सम्पन्न कक्षा कोठा, सभाहल, डिजिटल बोर्ड,फूलबारी,सरस्वती मन्दिर, क्यान्टिन, साईकल स्टेण्ड, स्टेडिएम लगायतका पूर्वाधार रहेको उल्लेख गर्दै प्रमुख अर्यालले आगामी मंसिर १५ गते विश्व विद्यालय अनुदान आयोगका अध्यक्षबाट क्याम्पसको प्रशासनिक भवन उद्घाटन गर्न लागिएको पनि जानकारी गराउनुभयो ।

    Post Views: 240

    प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलवार १७:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.