• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उपभोक्ता जागरणका लागि विद्यार्थीलाई सचेतना जगाउँदै घरेलु कार्यालय नवलपरासी

  •  संवाददाता
  • २०८१ मंसिर ११, मंगलवार १७:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीले आम उपभोक्तालाई ठगिनबाट जोगाउन विद्यार्थीलाई उपभोक्ता सचेतना शिक्षा दिन थालेको छ । कार्यालयले विद्यालयमा नै पुगेर सचेतना कक्षा सञ्चालन गरेको हो ।

    शुक्रबार सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्यक्रम गरिएको हो । उक्त अवसरमा विद्यालयका कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुलाई वस्तुको तौल, गुणस्तर, मिसावट, अखाद्य वस्तुको प्रयोगबाट पर्ने असर लगायत विषमा जानकारी दिईएको थियो ।
    उपभोक्ता अधिकारबारे विद्यार्थीलाई ज्ञान र चेतना जगाउन विद्यालयमै पुगेर सचेतना कार्यक्रम आजबाट सुरु गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । विगत वर्ष जस्तै यस आर्थिक वर्षमा पनि जिल्लाका विभिन्न विद्यालय तथा समुदायस्तरमा उपभोक्ता सचेतना कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो ।

    “उपभोक्ता अधिकारबारे जनस्तरमा व्यापक सचेतना फैलाउन विद्यार्थी असल माध्यम भएकोले प्रभावकारी हुन्छ”,प्रमुख पौडेलले भन्नुभयो, “विद्यार्थीलाई उपभोक्ता अधिकारका कुरा बुझायौँ, सिकायौँ भने उनीहरु आफू पनि सचेत हुने घरपरिवार र समुदायमा पनि पुग्ने भएकोले कार्यक्रम शुरु गरिएको हो।”

    हरेक नागरिक उपभोक्ता भएकाले आफ्ना अधिकारका बारेमा पहिले व्यक्ति स्वयं सचेत हुनुपर्नेमा जोड दिँदै प्रमुख पौडेलले उपभोक्ता ठगिएको वा अधिकार हनन भएको महशुस भएमा सम्बन्धित निकायमा उजुरी गर्ने, क्षतिपूर्ति भराउने र जिम्मेवार बनाउने दायित्व पनि उपभोक्ताकै भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रधनाध्यापक ऋषिराम ढकालले विद्यार्थीलाई दिईएको उपभोक्ता शिक्षा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीलाई ठगिनबाट कसरी जोगिने, के खान हुन्छ, के हुँदैन भन्ने ज्ञान हुने र उनीहरुले घरपरिवार समाज समक्ष पु¥याउने भएकोले फलदायक हुने उहाँको भनाई थियो ।

    Post Views: 301

    प्रकाशित मिति: २०८१ मंसिर ११, मंगलवार १७:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    ताजा अपडेट
    • १. करियर स्टेसनद्वारा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूका लागि ‘मल्टी-डेस्टिनेसन एजुकेसन फेयर (सीजन २)’ आयोजना हुँदै

    • २. ग्लोबल गेटद्वारा कलङ्कीमा ‘मल्टी-डेस्टिनेसन एजु फेयर २०२६’ भव्य रूपमा सम्पन्न

    • ३. लन्डनको रोह्याम्पटन युनिभर्सिटीद्वारा ललितपुरमा ‘मेगा इभेन्ट २०२६’ आयोजना

    • ४. ड्रीम अन एजुकेशनल कन्सल्टेन्सीको बहुप्रतीक्षित “इनोभेसन डे २.०” कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५. सोन्या गुरुङद्वारा नेपाली कपडा र गहनाको अन्तर्राष्ट्रिय प्रस्तुति

    चर्चित

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.