३१ भदौ २०८३, बुधबार

एसईई २०८१ को परीक्षा तालिका सार्वजनिक

माघ ०२ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०८१ सालको माध्यमिक शिक्षा परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । नियमित तथा ग्रेडवृद्धिको परीक्षा चैत ७ गतेदेखी सुरु भएर १९ गतेसकिने गरी सार्वजनिक गरेको हो ।

परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ । साथै कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना विना परीक्षा स्थगित नहुने, नियमित तथा ग्रेडवृद्धि दुबै समूहतर्फको परीक्षा उल्लिखित तालिका अनुसार एउटै समयमा हुने, मिति २०८१ साल चैत्र ०९ गते शनिवार र ११ गते सोमवारका दिन कुनै पनि विषयको परीक्षा संचालन नहुने बोर्डले जनाएको छ ।

यसैगरी परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइहरूबाट हुने, तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था नगरिने, प्रवेशपत्रमा उल्लेख भएको सिम्बोल नम्बरबाट नै परीक्षा दिनु पर्ने, प्रवेशपत्रमा उल्लिखित सिम्बोल नम्बर परिवर्तन नहुने र कोड नम्बरमा परीक्षा दिएमा सो परीक्षा स्वतः रद्द हुनेछ ।

एसइइ दिने अपाङ्गता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीहरूको सहजीकरणका लागि केन्द्राध्यक्षले सम्बन्धित विद्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

 

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार