३० भदौ २०८३, मङ्लबार

मेगा अस्ट्रेलिया शिक्षा मेला २०२५ भव्य रूपमा सम्पन्न

काठमाडौँ,  नयाँ बानेश्वरस्थित प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (PEC) को प्रधान कार्यालयमा आज सम्पन्न PEC अस्ट्रेलिया मेगा शिक्षा मेला (जुलाई इन्टेक) विद्यार्थीहरूका लागि अस्ट्रेलियामा उच्च शिक्षा सम्बन्धी जानकारी प्राप्त गर्ने सुनौलो अवसर बन्यो। मेलाले विद्यार्थीहरूलाई प्रतिष्ठित अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्दै अध्ययन अवसरबारे जानकारी लिने मौका प्रदान गर्यो।

यस मेलामा युनिभर्सिटी अफ एडेलेड, अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (ACU), म्याक्वारी युनिभर्सिटी, RMIT युनिभर्सिटी, कर्टिन युनिभर्सिटी, ला ट्रोब युनिभर्सिटी, वेस्टर्न सिड्नी युनिभर्सिटी (WSU), UTS कलेज, सदर्न क्रस युनिभर्सिटी (SCU), तथा कलेज अफ इन्टरनेशनल म्यानेजमेन्ट (CIM) का प्रतिनिधिहरू उपस्थित थिए। यी विश्वविद्यालयका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक कार्यक्रम, छात्रवृत्ति योजना, क्याम्पस जीवन, र भविष्यको करियर सम्भावनाहरू सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरे।

मेला विद्यार्थीहरूका लागि विशेष रूपमा लाभदायक बन्यो, किनभने यसले १००% सम्मको छात्रवृत्ति योजना बारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्यो। साथै, भिसा प्रक्रियामा सहायता, आर्थिक योजना, र उचित कोर्स चयनका सम्बन्धमा विशेषज्ञहरूसँग परामर्श लिन सकिने व्यवस्था पनि गरिएको थियो।

डाइरेक्टर – प्रोग्राम्स, श्री राजु सिंह ले मेलाको सफलतामा योगदान दिने सबै विद्यार्थी, अभिभावक, विश्वविद्यालय प्रतिनिधि, तथा PEC टिमलाई धन्यवाद व्यक्त गरे। त्यसैगरी, PEC अस्ट्रेलिया टिमका प्रमुख बिकेश शाही ले पनि मेलालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका अस्ट्रेलियन विश्वविद्यालयका प्रतिनिधिहरूप्रति आभार व्यक्त गरे।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार