परासी/ चैत्र १३
नवलपरासीको रामग्राममा नेपालमै पहिलो बिजुली केवल तार उद्योग संचालनमा आएको छ ।

करीब चार अर्बको लगानिमा स्थापना भएको उद्योगले विद्युत प्रशारण आवश्यक केवल तथा वितरण लाईन र घरायसी प्रयोगमा आवश्यक केबल, तार र कन्डक्टर उत्पादन सुरु गरेको छ ।
हाल सम्म भारतबाट आयात हुदै आएकोमा अब नेपालमै उत्पादन गरी भारत सहित तेस्रो मुलुक सम्म निर्यात समेत गर्ने उद्देश्यका साथ उद्योग स्थापना गरिएको उद्योगका कार्यकारी निर्देशक रोहित गुप्ताले बताए ।
आज एक कार्यक्रमका बिच उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर रावतले उद्योगको उद्घाटन गरे । क्रममा आन्तरिक उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्न ‘मेड इन नेपाल’ भन्ने स्लोगन सरकारले अगाडी सारेको रावतले बताए ।
रूपन्देही स्थित बुटवल औद्योगिक क्षेत्रमा लुम्बिनी विद्युत उद्योग संञ्चालन गर्दे आएको लिटमस केवल ईन्डष्ट्रिजले रामग्राममा आधुनिकि प्रविधि सहितको आल्मुनियम रड समेत उत्पादन गर्ने उद्योग संञ्चालनमा ल्याएको हो ।
अहिले आयात र निर्यातका बिच ठुलो अन्तर रहेको बताउदै नितिगत परिर्वतन गरेर पनि सरकारले औद्यागिक वातावरण निर्माणमा अघि बढ़ेको बताए ।नेपालमा हरेक वर्ष २० अर्ब बराबरको १० हजार टन केबल तारको लागी आल्मुनियम रड भारतबाट आयात हुदै आएको छ । लिटमस केवलको वार्षिक २० हजार टन उत्पादन क्षमता रहेकाले बाह्य निर्यात गर्ने लक्ष्य लिईएको उद्योगले जनाएको छ । १५ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा सुरुवातमा १ सय कामदार कार्यरत रहेका छन् ।
कार्यक्रममा रामग्राम नगरपालिकाका कार्यवहाक नगर प्रमुख सम्झना चौधरीले उद्योग स्थापना संगै स्थानियलाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने निति नगरपालिकाको रहेको धरणा राखिन । सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजेश अग्रवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, धुव्र तिमेल्सेना, बिजय यादव, ओमप्रकाश अग्रहरी लगायतले बोल्दै उद्योग स्थापना संगै आन्तरिक उत्पादन वृद्धि हुदा व्यापार घाटा कम गर्न सघाउ पुग्ने बताएका थिए ।

