• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

  •  संवाददाता
  • २०८१ चैत्र १४, बिहीबार ०६:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मध्यविन्दु । नवलपरासीको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने यस केन्द्रमा सर्वसाधारण मात्र नभई सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू, कलाकार, व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिहरू उपचारका लागि आउने गरेका छन् ।

    प्राकृतिक चिकित्सालयमा उपचारका लागि आउनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती १३ दिनको प्राकृतिक उपचार पश्चात् मङ्गलबार फर्किनुभएको छ । कम्मरमा दुखाइका कारण हिँडडुल गर्न समस्या भएपछि प्राकृतिक उपचारका लागि आएका उहाहरु निको भएर फर्कन लागेको बताउनुभयो ।

    यहाँ आधुनिक औषधिको सट्टा प्राकृतिक तथा वैकल्पिक उपचार पद्धति अपनाइनाले उपचारका लागि धेरैको आकर्षण बढेको हो । पूर्व सभामुख ओनसरी घर्तीका अनुसार यहाँको उपचार विधि तनावमुक्त जीवनशैली, प्राकृतिक उपचार, स्वास्थ्यकर खानपान, र योग साधनामा केन्द्रित छ ।

    प्राकृतिक चिकित्सालयमा सर्वसाधारणसँगै विशिष्ट व्यक्तिहरु उपचारका लागि आउनुभएका सो चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जनकारी दिनुभयो । केही वर्षयता यहाँ विदेशी पर्यटक तथा प्राकृतिक चिकित्सा रुचाउने विदेशीहरू पनि आउन थालेका छन् ।

    विसं २०६४ मा महायज्ञमार्फत सङ्कलित रकमबाट स्थापना गरिएको प्राकृतिक चिकित्सालयमा सेवा लिन मुलुकभित्रका मात्रै नभई भारत, क्यानडा, अमेरिका, फ्रान्स, बेल्जियम, अस्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, जापान, नर्वे, इजरायललगायतका देशबाट उपचारका लागि बिरामी आउने गरेका छन् ।

    तत्कालीन समयमा ५२ श्ययाबाट सुरु गरिएको संस्थामा हाल तीन सय श्ययाको क्षमता रहेको छ ।

    “अन्य उपचार पद्धतिबाट निको नभएका बिरामीले पनि यहाँ उपचारपछि पुनः जीवन पाएका उदाहरण छन्”, व्यवस्थापक सापकोटाले भन्नुभयो, “सर्जरीबाहेकका रोग निको पार्न सकिने प्राकृतिक चिकित्सालाई दिगो रूपमा टिकाउन सरकारले नीतिगत सहजताका साथै बजेट विनियोजन गर्नुपर्छ ।”

    चिकित्सालयमा बिरामीका लागि उपचार, आवास र खाना गरी दैनिक रु एक हजार एक सय शुल्क तोकिएको छ । कूल ५० जना जनशक्ति रहेको चिकित्सालयमा मासिक १५ लाख खर्च रहेको व्यवस्थापक सापकोटाको भनाइ छ । “चिकित्सालयमा हालसम्म ५० हजार जनाको सफल उपचार गरिसकिएको छ”, उहाले भन्नुभयो ।

    प्राकृतिक चिकित्सा उपचार विधिले शरीरमा नकारात्मक असर नपर्ने चिकित्सालयका चिकित्सक डा.आजाद पुरीले बताउनुभयो । प्राकृतिक चिकित्सा र योगमा प्रतिरक्षात्मक, उपचारात्मक र निधानात्मक तीनवटै आयाममा उपचार गरिने र यसले जटिल, दीर्घरोग हुने बाटो नै बन्द गर्ने डा पुरीको भनाइ छ ।रासस

    Post Views: 314

    प्रकाशित मिति: २०८१ चैत्र १४, बिहीबार ०६:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.