• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नेपाल रेडक्रस-नवलपरासी :स्वर्णजयन्ती महोत्सवको तयारीमा

  •  संवाददाता
  • २०८१ चैत्र २२, शुक्रबार ००:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/२१ चैत :नेपाल रेडक्रस, पश्चिम नवलपरासीले स्थापनाको ५० वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रमसहित स्वर्णजयन्ती महोत्सव मनाउने तैयारी गरेको छ ।
    वि.स.२०३१ साल जेठ १० गते स्थापना भएको रेडक्रस जिल्ला शाखाले पचासौँ वर्षगाँठ प्रवेशको अवसरमा यही चैत २५ गते भव्य रुपमा स्वर्णजयन्ती मनाउन लागेको हो ।

    परासी प्रेस क्लवले आज रेडक्रससँग गरेको साक्षात्कार कार्यक्रममा रेडक्रसका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीले उक्त जानकारी गराउनुभएको हो ।
    विपद्को समयमा राहत तथा उद्धारसहितका मानवीय सेवा, रक्त सञ्चार सेवा, एम्बुलेन्स सेवा, समुदाय विकास एवं स्वास्थ्य सचेतनाका कार्यहरु गर्दै आएको परोपकारी स्वयमसेवी संस्थाको रुपमा स्थापित रेडक्रसले स्वर्णजयन्ती समारोहमा हालसम्म गरेका क्रियाकलाप, इतिहास एवं रेडक्रस अभियान समेटिएको स्मारीका विमोचन, सम्मान, स्वर्णजयन्ती स्मारक अनावरण लगायतका कार्यक्रमहरु गरिने सभापति अग्रहरीले बताउनुभयो ।

    स्वर्णजयन्ती समारोहमा व्रिटिश, स्वीस, क्यानेडियन तथा सार्क देशबाट रेडक्रसका प्रमुखहरुलाई आमन्त्रण गरिएको छ भने जिल्लास्थित संघीय तथा प्रदेशसभाका सांसदहरु, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दल, नागरिक समाज, रेडक्रसका संस्थापकहरु,आजीवन,विशिष्ट तथा यशेष्कर सदस्यहरुको पनि सहभागिता रहने छ ।

    उक्त अवसरमा गैँडाकोट नगरपालिकाको सहयोगमा निर्माण गरिएको स्वर्णजयन्ती स्तम्भ,क्यानेडियन रेडक्रसको सहयोगमा गोदामघरको माथिल्लो तलामा निर्मित भवन,सरावल गाउँपालिकाको सहयोगमा शाखा परिसरमा ब्लक तथा पाल्हीनन्दन गाउँपालिकाको सहयोगमा निर्माण गरिएको पर्खालको उद्घाटन गरिने सभापति अग्रहरीले बताउनुभयो ।

    समारोहमा सभापति अग्रहरीको सहयोगमा स्थापना गरिएको अक्षयकोषबाट छात्रवृत्ति प्रदान गर्ने, सम्मान एवं स्मारिका विमोचनका कार्यक्रमहरु समेत आयोजना हुनेछन् ।

    परासी प्रेस क्लवका अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रेडक्रस जिल्ला शाखाका सभापति अग्रहरीको प्रमुख आतिथ्य, प्रेस क्लवका महासचिव रञ्जित शर्माको सञ्चालत तथा सचिव सुरेश यादवको स्वागत मनतव्य रहेको उक्त कार्यक्रममा रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला शाखाका उपसभापति कृष्णप्रसाद लामिछाने, उपमन्त्री एवं रक्त सञ्चार सेवा केन्द्र संयोजक सुरज केसी, जिल्ला सदस्य एवं विपद व्यवस्थापन संयोजक अर्जुन क्षेत्री लगायतले पत्रकारहरुका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

    Post Views: 384

    प्रकाशित मिति: २०८१ चैत्र २२, शुक्रबार ००:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.