३० अशोज २०८३, शुक्रबार

यु–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हरायो ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालका लागि ओपनर साहिल पटेल ४२ तथा कप्तान नरेन भट्ट ३९ र निरज यादवले २३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो । हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन ,अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १० रन बनाउँदा भीर माथुरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।

अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ । आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार