१ अशोज २०८३, बिहिबार

सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकी घोषणा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने निर्णय गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिकाले विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गरेको थियो। पेन्टागनका प्रवक्ता सीन पार्नेलले रक्षा सचिवको निर्देशन अनुसार सैनिक फिर्ता र सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।

‘यो निर्णयपछि सिरियामा अमेरिकी सैन्य उपस्थिति क्रमशः घटाइनेछ,’ उहाले भन्नुभयो तर, आईएसविरुद्ध आक्रमण र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायम रहेको उहाले स्पष्ट पार्नुभयो ।

सन् २०१४ मा आईएसले आक्रामक गतिविधि सुरु गरेपछि अमेरिकी नेतृत्वमा स्थानीय सेनालाई सहयोग गर्दै आतंकवादीविरुद्ध अभियान चलाइएको थियो। यस क्रममा अमेरिकी सेनाले लडाइँमा भाग लिएको र हजारौँ सैनिक तथा कर्मचारी सहयोगमा खटिएका थिए।

सन् २०१७ को डिसेम्बरमा इराकी प्रधानमन्त्रीले आईएसमाथि विजय घोषणा गरेका थिए। सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले आईएसको गढ कब्जा गरेपछि पराजय घोषणा गरिएको थियो।

यद्यपि, केही ग्रामीण क्षेत्रमा आईएसका लडाकु अझै सक्रिय छन्। त्यसैले अमेरिकी सेनाले समय–समयमा कारबाही जारी राखेको छ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार