२९ अशोज २०८३, बिहिबार

शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र नियमित पठनपाठनमा फर्किने वातावरण सुनिश्चित गर्न आदेश गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शिक्षकका जायज र संविधानसम्मत माग सम्बोधन गर्ने उचित निर्णय गरी पठनपाठनमा फर्कने वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

अदालतले आदेशमा पढ्न पाउने बालबालिकाको हक वञ्चित नगर्न पनि भनेको छ । सर्वोच्चको आदेशमा भनिएको छ, “आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू, देशभरका बालबालिकालाई नियमित रुपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नू नगराउनू ।’’

अदालतले तत्काल आवश्यक र उपयुक्त प्रबन्ध गरी आन्दोलनरत शिक्षकका कारण माध्यमिक शिक्षा परीक्षा बोर्डको परीक्षाफल प्रकाशन समयमा हुने अवस्था सिर्जना गर्न पनि आदेश गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा समयमा नभई विद्यार्थीको भविष्य अन्योलमा पर्ने जोखिम रहेकाले अदालतले तोकिएको समयमा परीक्षा हुने वातावरण बनाउन पनि आदेश गरेको छ । तोकिएको मितिको परीक्षा नसार्ने सुनिश्चितता गर्न पनि अदालतले आदेश गरेको छ ।

अदालतले आदेश कार्यान्वयनको प्रगति शिक्षा मन्त्रालयमार्फत पेस गर्न पनि सरकारलाई आदेश गरेको छ ।

- Advertisement -

अरू समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

ताजा समाचार