• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

हेरिटेजको कार्यक्रममा छात्रवृत्ति, कोर्स र भिसाबारे स्पष्ट मार्गदर्शन

  •  संवाददाता
  • २०८२ बैशाख ३०, मंगलवार १५:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, हेरिटेज एजुकेशनल सर्भिसेस प्रा.लि.ले काठमाडौंको बूढानीलकण्ठस्थित हातिगाउँडामा रहेको आफ्नो प्रधान कार्यालयमा “ग्लोबल एडमिसन डे” भव्य रूपमा सम्पन्न गरेको छ। यस कार्यक्रममा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्यूजिल्यान्ड, जर्मनी तथा अन्य युरोपेली देशहरूका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी प्रतिनिधिहरूले नेपाली विद्यार्थीहरूलाई विदेशमा अध्ययनका अवसर, पाठ्यक्रम, छात्रवृत्ति, विद्यार्थी जीवन तथा भविष्यको करिअरबारे प्रत्यक्ष जानकारी र परामर्श प्रदान गरे।

    यस कार्यक्रममा सयौं विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। अध्ययनका लागि विदेश जान इच्छुक विद्यार्थीहरूले विभिन्न विश्वविद्यालय प्रतिनिधिहरूसँग एक–एक गरी संवाद गर्न पाउने सुविधा पाएका थिए, जसबाट उनीहरूले आफ्नो भविष्यको अध्ययन मार्ग छान्न स्पष्टता पाएका थिए।

    कार्यक्रममा, युडब्लुई ब्रिस्टलका एसिया प्यासिफिक क्षेत्रका प्रमुख केविन डनले बेलायतको रोजगारीमुखी शिक्षाका कार्यक्रमहरू, अत्याधुनिक पूर्वाधार तथा उद्योगसँगको सशक्त सहकार्यबारे प्रकाश पारे। युनिभर्सिटी फर द क्रिएटिभ आर्ट्सकी प्रतिनिधि ईशा भूमि श्रेष्ठले सिर्जनात्मक क्षमता विकासमा केन्द्रित कला र डिजाइन कोर्सहरूको महत्त्वबारे चर्चा गरिन्।

    जर्मनीस्थित जिज्मा युनिभर्सिटी अफ एप्लाइड साइन्सका गोकुल क्षेत्रीले कम खर्चिलो र गुणस्तरीय शिक्षा प्रणाली, जर्मनीको अन्तर्राष्ट्रिय विद्यार्थी मैत्री वातावरण र अंग्रेजी माध्यममा हुने व्यवसाय तथा प्रविधि पाठ्यक्रमबारे जानकारी गराए। वेब्स्टर युनिभर्सिटी (अमेरिका) की देश प्रतिनिधि निशा भट्टराईले विश्वविद्यालयको लिबरल आर्ट्स शिक्षाशैली, विविध संस्कृतिको क्याम्पस जीवन तथा विद्यार्थीकेन्द्रित पाठ्यक्रमहरूबारे जानकारी दिइन्।

    माल्भर्न इन्टरनेशनलकी क्षेत्रीय प्रबन्धक कृपा पाण्डेले बेलायतका फाउन्डेसन र पाथवे कार्यक्रमहरूको बारेमा जानकारी दिइन् भने युनिभर्सिटी अफ चेन्स्टरकी देश प्रमुख रविना थापाले विद्यार्थी मैत्री शैक्षिक वातावरण, काम गर्ने अवसरहरू र मानसिक स्वास्थ्यमा केन्द्रित पहलबारे बोलेकी थिइन्। युनिभर्सिटी अफ लअका व्यवसाय विकास प्रबन्धक अंकित ढकालले बेलायतमा कानुन र व्यापारमा आधारित व्यवहारिक शिक्षाको मागबारे प्रस्ट पारे।

    ग्लोबल युनी सर्चकी प्रतिनिधि सफिना जोशीले विभिन्न देशहरूमा अध्ययनको तुलनात्मक पक्षबारे चर्चा गर्दै विद्यार्थीले आफुलाई अनुकूल गन्तव्य चयन गर्नुपर्नेमा जोड दिइन्। युनिभर्सिटी अफ युरोप फर एप्लाइड साइन्स (जर्मनी) की क्षेत्रीय प्रबन्धक रक्षा कर्माचार्यले डिजिटल व्यापार, प्रविधि तथा उद्यमशिलता आधारित कोर्सहरूबारे जानकारी गराइन्। हेरिटेज एजुकेशनल सर्भिसेसकी कम्युनिकेसन म्यानेजर निहारिका शाही ठकुरीले विद्यार्थीहरूको रुचि र लक्ष्य अनुसार उपयुक्त शैक्षिक संस्था छनोटमा सहयोग पुर्‍याउने व्यक्तिगत परामर्श सत्रहरू समन्वय गरेकी थिइन्।

    कार्यक्रमले भर्ना प्रक्रिया, भिसा प्रक्रिया, छात्रवृत्ति र कोर्स छनोटका पक्षमा विद्यार्थी र अभिभावकलाई स्पष्ट जानकारी प्रदान गर्न सफल भएको थियो। सहभागीहरूले अध्ययन गन्तव्य छनोट गर्न सजिलो महसुस गरेका थिए। हेरिटेज एजुकेशनल सर्भिसेसले कार्यक्रममा सहभागी सम्पूर्ण विश्वविद्यालय प्रतिनिधि, विद्यार्थी, अभिभावक र साझेदारहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यार्थीहरूलाई जिम्मेवार र भरपर्दो मार्गदर्शन प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।

    Post Views: 299

    प्रकाशित मिति: २०८२ बैशाख ३०, मंगलवार १५:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न
    कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन
    Manaaki New Zealand Scholarships: नेपाली विद्यार्थीका लागि सुनौलो अवसर
    ताजा अपडेट
    • १. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • २. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ५. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    चर्चित
    • १. नवलपरासी-२का काँग्रेस उप-विजेता भरतले मतदातालाई गरे आभार व्यक्त

    • २. सहज मलखाद्य आपूर्ति अवस्था बारे साँसद गुप्ताले देखाए चासो

    • ३. कुमुदिनीमा कक्षा ८ र १० लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालन

    • ४. कुमुदिनीमा कक्षा ८ र १० लक्षित सामाजिक बिषयमा उत्तर लेखन शिप बिकास तालिम सञ्चालन

    • ५. वाइडनर विश्वविद्यालयसँग कन्सल्टेन्ट्स इन्फर्मेशन सेसन सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.